मंगलबार , कार्तिक ४, २०७७

दमक नगरपालिकाका नगर प्रमुख ओलीलाई कोरोना पुष्टि

दमक नगरपालिकाका नगर प्रमुख ओलीलाई कोरोना पुष्टि

२० असोज, दमक । झापा जिल्लाको दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो । उनकी पत्नी लीला र छोरा अनिललाई समेत कोरोना पोजेटिभ देखिएको छ ।

ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको छ । नगरप्रमुखसहित एक वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि नगरपालिका मंगलबारदेखि ४ दिनका लागि बन्द गरिएको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ । कोरोना फैलने क्रम झनै भयाभह बन्दै गएपछि झापा जिल्लामा नागरिकलाई सचेत रहन आग्रह गरिएकाे छ ।

क्वारेन्टाईन ब्यवस्थापन समितिका सचिव कुवेर भट्टराईले बिगत भन्दा अहिले कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएको भन्दै ब्यक्तिगत दुरी कायम गर्दै सम्पूर्ण दमक नगरबासी नागरिकहरु आफैं सचेत हुनुपर्नेमा जोड दिएका छन । माईपश्चिमदेखि ईलामको तल्लोभाग, मोरङको पश्चिमी भागदेखि झापाको दक्षिणी भागको मुख्य ब्यापारिक केन्द्र रहेको दमकमा चाडबाड नजिकिएसँगै बढन थालेको मानव चहलपहलले पनि कोरोना संक्रमण अझै बढन सक्ने अवस्था देखिएकाे भन्दै नगरपालीकाले आम नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

काेरोनाको संक्रममा स्वयं नगर प्रमुख र वडा अध्यक्षहरु नै पर्न थालेपछि दमक नगरपालिकाले  आज पनि २३६ जनाको स्वाव परिक्षण गरी परिक्षणको लागि पठाएसँगै कन्ट्याक्ट ट्रेसिङ्ग र परिक्षणको दायरालाई समेत बढाउने बताएकाे छ ।

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय