भक्तपुरको तलेजुमा बडादशैंमा बलि नदिइने
नेपालबहस संवाददाता
असोज २०, २०७७ बुधबार १:१९:९
२० असोज, भादगाउँ । यस वर्षको बडादशैंमा भक्तपुरको तलेजु मन्दिरभित्र बलि नदिने भएको छ । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज बसेको जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीसहितको बैठकले कोरोना महामारीका कारण तलेजुमा विधिपूर्वक पूजा गर्ने तर बलि नदिइने निर्णय गरेको हो । भक्तपुरमा तलेजुमा सर्वसाधारणले बाहेक सरकारीस्तरमा गुठी संस्थानले मात्र बडादशैँ अवधिमा ६० बोका, ३१ राँगा र ३० हाँस बलि दिने प्रचलन छ ।
बैठकले विजयादशमीका अवसरमा यस वर्ष भक्तपुरको तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पूजामा बलि नदिइने र तलेजु भवानीको पूजा स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरी विधिपूर्वक सामान्य मात्र गरी सीमित गरिने निर्णय गरेको हो ।
त्यस्तै घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म नगरका विभिन्न शक्तिपीठमा हुने मेला, पूजा र नवरात्रका समयमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरमा नजानका लागि जनतालाई आह्वान गर्ने निर्णयसमेत गरिएको छ ।
बैठकले दशैं अवधिभर तलेजु परिसरमा पूजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । नगर प्रमुख प्रजापतिले जात्रा र पर्वलाई औपचारिकतामा सीमित गरी मनाइने निर्णयमा जनताको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
बागेश्वरी मन्दिरमा तामाको छाना
चैत १४, २०८० बुधबार
रानाथारू समुदायमा होलीको उल्लास
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार