गोदावरीका प्रमुख महर्जन १६ औँ दिनमा कोरोनामुक्त
नेपालबहस संवाददाता
असोज २०, २०७७ बुधबार ४:३:३८
२० असोज, ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन १६ औँ दिनमा कोरोना सङ्क्रमणमुक्त भएका छन् । यही असोज ५ गते ज्वरो, खोकी र जीउ दुख्ने समस्या देखिएर महर्जनले घरमै बसी भोलिपल्ट स्वाब परीक्षण गर्न पठाउँदा ९ गते मात्रै नतिजा पोजेटिभ आएको थियो ।
“म आज १६ औँ दिनमा कोरोना सङ्क्रमणबाट मुक्त भएँ ”, प्रमुख महर्जनले बताए । उनले भने, “अब म केही दिन स्वास्थ्यको मापदण्ड पालना गरेर घरमै बस्छु र भीडभाडमा जान्न ।” नगरपालिकाको काम भने केही दिनका लागि घरबाटै गर्ने महर्जनले जानकारी गराए ।
महर्जनकी धर्मपत्नी गङ्गामायाको कोेभिड परीक्षणको नतिजा भने आउन बाँकी रहेको बताइएको छ । सोमबार मात्रै महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भएका थिए । यसैगरी ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन भने कोरोना सङ्क्रमणका साथै छातीमा समस्या देखिएर यही असोज १६ गतेदेखि सानेपाको स्टार अस्पतालमा उपचाररत रहेको महानगरका प्रवक्ता राजु महर्जनले बताए ।
गोदावरीमा नगरस्तरीय रक्तदान
कोरोना कहरका बीच मुलुकमा खड्किरहेको रगत अभावको समस्या समाधान गर्न गोदावरीमा नगरस्तरीय रक्तदान कार्यक्रम भएको छ । वडा नं ३ टौखेलमा आज १०७ पिन्ट रगत सङ्कलन गरिएको हो । कार्यक्रमका संयोजक पुरुषोत्तम सिलवालले नेपाल रेडक्रस सोसाइटी ललितपुरलाई सो रगत प्रदान गरिएको बताए ।
उनले भने, “मुलुकमा दिनानुदिन कोरोना त्रास बढेका बेला रगत अभावका कारण कसैको जीवन जोखीममा नपरोस् भनेर सावधानीपूर्वक रगत सङ्कलन ग¥यौँ ।” यसैगरी यही असोज २२ गते वडा नं ११ चापागाउँस्थित प्याङगाउँ र २५ गते वडा नं ५ लेलेस्थित टीकाभैरवमा रक्तदान कार्यक्रम आयोजन गरिने भएको सिलवालले जानकारी गराए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार