कर्णालीमा थप ७९ संक्रमित ३९ फिर्ता
नेपालबहस संवाददाता
असोज २०, २०७७ बुधबार ४:१४:१५
२० असोज, कर्णाली । कर्णालीमा दैनिक कोरोना संक्रमण मुक्त भन्दा संक्रमित हुनेको सङ्ख्या दोब्बरले बढ्दै जान थालेको छ । आज सङ्क्रमित हुनेको सङ्ख्यालाई हेर्दा निको हुने भन्दा शतप्रतिशत बढी सङ्क्रमित थपिएका छन् ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपंन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आज एकै दिन ७९ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए ।
उनका कोरोना सङ्क्रमणमुक्त भने ३९ जना व्यक्ति भएका छन् । “७९ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या तीन हजार ९६८ पुगेको छ,” बरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले भने, “आज ३९ फिर्ता भएसँगै तीन हजार १८५ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् ।” सङक्रमितहरुमा सुर्खेतका ५२, दैलेखका पाँच, कालीकोट र रुकुमपश्चिमका चार-चार, सल्यान र जाजरकोटका तीन-तीन, जुम्ला र हुम्लाको एक-एक र अन्य प्रदेशका छ जना रहेको उनले बताए ।
त्यसैगरी, प्रदेशका विभिन्न आइसोलेशनमा ७५१ जना रहेको उनले जनाए । हालसम्म कर्णालीमा कोरोना सङ्क्रमणबाट १० जना व्यक्तिको मृत्यु भएको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार