कुमारराज शाहीद्धारा विद्यालयलाई जग्गा दान
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार १३:५८:५८
२१ असोज ,टीकापुर । टीकापुर नगरपालिका–६ का बासिन्दा समाजसेवी कुमारराज शाहीले बिघा बढी जग्गादान गरेका छन् । रानी–जमरा कुलरिया सिँचाइ आयोजना मूल समितिका अध्यक्ष शाहीले टीकापुर नगरपालिका वडा नं ६, विभिन्न विद्यालयलाई गरी एक बिघा बढी जग्गादान गरेका हुन ।
टीकापुर–६ वडा कार्यालयलाई उच्च घर निर्माणका लागि भगवानपुरस्थित दुई कठ्ठा एक धुर जग्गादान गरेका हुन । “मनकारी शाहीले जग्गादान गरेपछि बाढीपीडितका लागि उच्च घर निर्माण शुरु भएको छ”, वडाध्यक्ष बलिराम चौधरीले भने, “उच्च घर निर्माण आवश्यक थियो तर जग्गा अभाव थियो । आफ्नो ठाउँको विकास र समस्या समाधान गरौँ भन्ने भावनाका धनी समाजसेवी शाहीले जग्गा दिएपछि भवन निर्माण भइरहेको छ ।”
शाहीले सोही जग्गासँगै रहेको १० धुर जग्गा विद्युत् सहकारीको भवन निर्माण र शिवमन्दिरका ट्रष्ट निर्माणका लागि समेत दानगरेका छन् । भगवानपुरस्थित रहेको शाहीको सो जग्गा रु १४ लाख बराबरको रहेको बताइएको छ । शाहीले यसअघि पनि थुप्रै सङ्घसंस्था र विद्यालयलाई जग्गा उपलब्ध गराएका छन् । विसं २०५६ मा ज्ञानोदय आधारभूत विद्यालय नुक्लीपुरलाई चार कठ्ठा, खड्ग प्रावि भगवानपुरलाई चार कठ्ठा जग्गा दिएपछि यी विद्यालय स्थापना भएका हुन् ।
“मनकारी शाहीले विसं २०६५ मा सत्ती प्रहरी चौकीको भवन निर्माणका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएपछि प्रहरी चौकी भवन बनेको हो”, स्थानीय परशुराम महतोले भने, “हाल प्रहरी चौकी उनले उपलब्ध गराएको जमिनमा छ । जहाँ–जहाँ समस्या र आवश्यकता भयो शाहीले सहयोग गरेका छन् ।” “शाहीले करोडौँ मूल्यका जग्गा मात्र दान नगरी समुदायमा अन्य खाले सहयोग पनि गर्दै आएको महतो बताउए। उनले गरिब तथा मुक्त कमैयाका छोराछोरीको अध्ययनका लागि समेत सहयोग गर्दै आएका छन् । हरेक वर्ष सहयोग पठाउँछन्”, महतो भने, “कति विद्यार्थीको शुल्क, कापी किताब उनले पठाएको रकमले मैले किनिदिएको छु । गरिब र असहाय परिवारलाई आर्थिक सहयोगसमेत गर्दै आएका छन् ।”
दानवीर शाहीले समुदायको आवश्यकतानुसार थोरै–थोरै जग्गा सहयोग गरेको बताउनुभयो । “समस्या परेका बेला आफूसँग भएको थोरै जमिन सामाजिक विकासमा लगाउने सोच बनाएको हुँ”, शाहीले भने, “विकासमा बाधा नहोस् भनी सक्दो गरेँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार