राजस्थानलाई हराउदै मुम्बई फेरि शीर्ष स्थानमा
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार १३:५८:५०
२१ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई ५७ रनले हराएको छ । दुबईमा मुम्बईले दिएको १९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा सबै विकेट गुमाएर १३६ रनमा अलआउट भएपछि हिटम्यान रोहित शर्माको टिम ५७ रनले विजयी भएको हो ।
राजस्थानका लागि जोश बटलरले ७० रन बनाउनुबाहेक अरुले गतिलो प्रदर्शन गर्न सकेनन् । मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो ।
उसका लागि सुर्यकुमार यादवले नटआउट ७९ रन बनाए भने रोहित शर्माले ३५ रनको योगदान दिए । राजस्थानका श्रेयास गोपालले २ विकेट लिए । जितसँगै मुम्बई ६ खेलबाट ८ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको दिल्ली समान अंकसहित दोस्रो स्थानमा छ भने ६ अंक जोडेको बेंग्लोर तेस्रो स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टीम
बैशाख १२, २०८१ बुधबार
जारी आईपीएलमा अहिलेसम्म ९ शतक प्रहार, को-कसले बनाए ?
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार