प्रभावकारी बन्दै अनलाइन प्रणाली
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार १४:४९:५४
२१ असोज, काठमाडौं । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा संकलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौं महानगरपालिकाले रु पाँच करोड ५० लाख असुल गरेको छ । कामपाले यस प्रणालीको शुरुआत यही असोज १ गतेदेखि गरेको हो ।
शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो । यही १३ गतेदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजश्व निर्धारण तथा संकलन प्रभावकारी बन्दै गहेको कामपाको भनाइ छ ।
कामपा राजश्व विभागका निर्देशक शिवराज अधिकारी राजश्व संकलनमा पारदर्शी नभएको कामपालाई आरोप थियो । यो प्रणालीको कार्यान्वयनले त्यो आरोपको जवाफ दिएको बताए । यस कार्यको शुरुआतसँगै कामपालाई कर्मचारीको व्यास्थापन र पारदर्शी बनाउन सहयोग पुगेको भन्दै निर्देशक अधिकारी सेवाग्राहीलाई पनि सहज भएको बताए् ।
यो प्रणाली साङ्ग्रिला इन्फरमेटिक्सले विकास गरेको हो । यही असोज १ गतेदेखि वडा नं १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट, असोज ५ गतेदेखि वडा नं ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ बाट प्रणाली कार्यान्वयनमा ल्याइयो ।
यसैगरी असोज १३ गतेदेखि वडा नं ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ मा प्रणाली सञ्चालनमा ल्याइयो । अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुईवटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् ।
यसमा करदाताले महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्कन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ । करदातासँग सम्बन्धित र सोधिएकारमाग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याकन गरेर तिर्नुपर्ने राजश्वको अंक देखाउँछ ।
यसबाट महानगरलाई कति रकम तिर्नुपर्ने हो ? करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धि हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
चोभार सुक्खा बन्दरगाह, सडक असुविधाले सामान गन्तव्यमा पुर्याउनै झन्झट
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार