गेवाटारमा सौर्यबत्ती जडान,बासिन्दा हर्षित
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार १५:५२:३५
२१ असोज, मंगलबारे । केन्द्रीय प्रसारण नपुगेको इलामको सूर्योदय नगरपालिकाको गेवाटारमा सौर्यबत्ती जडान गरिएको छ । सूर्योदय नगरपालिका–१३ खानेभन्जाड टोलको पुच्छार बस्ती गेवाटारमा नगरपालिकाले स्थानीयको लगानीबिना नै सौर्यबत्ती जडान गरेको हो ।
सौर्यबत्ती जडान भएपछि सो गाउँ साँझमा झिलीमिली भएको भन्दै स्थानीयवासी खुशी भएका छन् । नगरप्रमुख रणबहादुर राईले विकट मानिएको सो क्षेत्रमा बत्ती जडान भएपछि आफूलाई समेत खुशी मिलेको बताए। अन्धकार गाउँमा हाल उज्यालोको प्रवेश भएको छ । गाउँ नै झिलीमिलीमा परिणत भएपछि त्यहाँका बासिन्दा हर्षित भएका छन् । विद्युतीकरणका लागि निकै अप्ठ्यारो र टाढा भएकाले त्यस ठाउँमा केन्द्रीय प्रसारणको विद्युत् विस्तार हुनसकेको थिएन । विद्युत् विस्तार नभएकाले त्यहाँका ११ घरले टुकीको भरमा रात कटाउँदै आएका थिए ।
विद्यार्थीसमेत रातमा मट्टितेल लगाएको टुकीकै भरमा अध्ययन गर्न बाध्य थिए । अब भने धेरै सहज भएको भन्दै विद्यार्थीसमेत खुशी भएका छन् । बत्ती नहुँदा इन्टरनेटसमेत नभएका कारण सो क्षेत्रका बासिन्दाले समस्या भोग्दै आएका थिए । मोबाइल भए पनि चार्ज गर्न नपाएपछि चलाउन नपाएको सो क्षेत्रका बासिन्दाको भनाइ छ । अब भने मोबाइल चलाउन पाइने भन्दै सो क्षेत्रका युवायुवतीसमेत खुशी भएका छन् । युवायुवती, बालबालिकादेखि वृद्धवृद्धाले समेत खुशी मनाएका छन् ।
यतिञ्जेलसम्म बत्ती बाल्न नपाएका स्थानीयवासीले आफ्नो लगानीबिना नै बत्ती बलेको भन्दै खुशी व्यक्त गरेका हुन् । नगरपालिकाले समेत सो क्षेत्रका बासिन्दाको दैनिकको दुखेसो र गुनासो बढेपछि सौर्यबत्ती जडान गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार