चोरीका मोटरसाइकलसहित दुई युवक पक्राउ
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार १६:४७:४१
२१ असोज, जलेश्वर । महोत्तरी प्रहरीले मंगलबार चोरीका मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
उनीहरुले आइतबार जिल्लाको सम्सी गाउँपालिका–७ स्थित मन्दिर नजिकबाट भारत बिहारको सीतामढी जिल्ला भेडियाही ग्रामपञ्चायत बस्ने गोविन्द यादवको बीआर ३० एफ ६४३८ को मोटरसाइकल चोरी गरेर मंगलबार सोही मोटरसाइक चढेर सम्सीबाट गौशालातर्फ जाँदै गरेको अवस्थामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
चोरीका मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई मङ्गलबार नै चोरी मुद्दामा महोत्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार