काठमाडौं-तराई द्रुतमार्ग निर्माण कछुवा गतिमा !
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार १८:२०:४५
२१ असोज, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग निर्माणको काम कछुवा गतिमा भइरहेको पाइएको छ । चार वर्षभित्र निर्माण सक्ने गरी आर्थिक वर्ष २०७३/०७४ जेठदेखि निर्माण थालिएको काठमाडौं–तराई द्रुतमार्ग अर्थात फास्ट ट्रयाकमा अहिलेसम्म ११ प्रतिशत मात्रै काम भएपछि कछुवा गतिमा निर्माण भइरहेको पाइएको हो ।
यो सुरुङमार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ । अब आयोजना आर्थिक वर्ष २०८०/०८१ आर्थात् निर्धारितभन्दा ३ वर्ष ढिलो गरी बनाईसक्ने तयारी छ । आयोजनामा अहिलेसम्म कुल खर्च गर्नुपर्ने मध्ये ९ दशमलव ५२ प्रतिशत मात्रै बजेट खर्च भएको संसदको विकास तथा प्रविधि समितिमा सेनाले बुझाएको प्रतिवेदनमा जनाइएको छ ।
प्रतिवेदन अनुसार जग्गा अधिग्रहण, रुख काटन, सर्भे तथा डिजाइन, सडक निर्माण, अन्तर्राष्ट्रिय सुरुङमार्ग निर्माण, पुल निर्माण र एक्सप्रेस–वे निर्माण लगायतका कुनै पनि काममा शत प्रतिशत प्रगति भएको छैन् ।
आयोजनाले ढुंगा माटोको कटिङमा ७२ दशमलव ३४ प्रतिशत काम सकाएको छ । ढुंगामाटो फिलिङको काम ४६ दशमलव ३९ प्रतिशत, मेसिनरी स्ट्रक्चरको काम ४६ दशमलव ३१, रिटेनिङ वालको काम १० दशमलव २९, पाइप तथा कल्भर्ट निर्माणको काम ३२ दशमलव २ प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।
बक्स कल्भर्टको काम ४ दशमलव ७६ प्रतिशत, ग्याबिन भर्ने काम ६ दशमलव ३२ प्रतिशत, रुख काटानको काम ९३ दशमलव ८२ प्रतिशत र जग्गा प्राप्तिको काम ९६ दशमलव ७७ प्रतिशत मात्रै भएको छ । ७२ किलोमिटरको द्रुतमार्गमा १० दशमलव ५९ प्रतिशत खण्डमा सुरुङमार्ग र ६ दशमलव ४१ प्रतिशत खण्डमा पुल बनाउनुपर्नेछ ।
सुरुङ बनाउने निर्माण कम्पनी छनोट गर्न प्रारम्भिक योग्यता निर्धारणका लागि प्रक्रिया अघि बढेको छ । २७ वटा कम्पनीले यो ठेक्का प्रक्रियामा भाग लिएका छन् । दुई वटा प्याकेजमा ३ वटा सुरुङको निर्माण अघि बढाउन लागिएको छ । द्रुतमार्गमा बन्ने पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गर्न मूल्यांकन चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा, अन्यमा निर्माणको काम जारी
चैत ३०, २०८० शुक्रबार
मुग्लिन–पोखरा सडक विस्तार: पहिरो जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने
चैत २८, २०८० बुधबार
ट्र्याक खुलेको २० वर्षपछि गलुवा–भकुण्डे सडक कालोपत्र हुँदै
चैत २६, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
हिंसा भड्कन सक्ने भन्दै मोरङ प्रशासनले लगायो सामुहिक रुपमा हुने गतिविधिमा रोक
बैशाख ६, २०८१ बिहिबार
कोशीमा एमालेको ह्वीप
बैशाख ६, २०८१ बिहिबार
एउटै बोटमा दुई रङको लालीगुराँस
बैशाख ६, २०८१ बिहिबार
भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
चितवनका भित्री सडकमा दुर्घटना बढी
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार