कोरोनाले बामदेवलाई हाईसञ्चो, मुद्दाको सुनुवाई स्थगित !
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार २०:७:५९
२१ असोज, काठमाडौं । कोरोना भाइरसको संक्रमणले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई हाईसञ्चो देखिएको छ । सर्वोच्च अदालतका न्यायाधीसमा कोरोना देखिएपछि अदालतका धेरैजसो सेवाहरु रोकिएका छन् ।
यस्तै बुधबार सुनुवाई तोकिएको नेकपाका उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सुनुवाई पनि स्थगित भएको छ । न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि तीन दिनदेखि सर्वोच्च अदालतको सेवा प्रभावित भएको हो । बुधबार सर्वोच्चमा न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त र न्यायाधीश हरि फुयालको एकल गरी दुईवटा इजलास मात्र तोकिएको छ ।
नेकपा उपाध्यक्ष गौतमको राष्ट्रिय सभा सदस्य पदसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको पूर्ण इजलासमा सुनुवाई भइरहेको थियो । तर बुधबार उक्त इजलास नै राखिएको छैन ।
यसअघि असोज १४ गते सुनुवाइ भएको गौतमको रिट हेर्दाहेर्दैमा राखेर असोज १६ गते सुनुवाई गरिएको थियो । त्यस दिनपनि सुनुवाइ नसकिएपछि बुधबारका लागि सरेको थियो । सर्वोच्चमा केही न्यायाधीश कोरोना संक्रमित भएको र उनीहरुसँगको सम्पर्कमा रहेका अरु न्यायाधीश होम क्वारेन्टिनमा रहेकाले सुनुवाई कहिले हुन्छ भन्ने टुंगो नभएको सर्वोच्चले जनाएको छ ।
सरकारको सिफारिसमा गौतमलाई राष्ट्रपतिले राष्ट्रियसभा सदस्य नियुक्त गरेपछि त्यसविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेका थिए । त्यस रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्र्वोच्चले उनको पद यथास्थितिमा राख्न र थप संवैधानिक जिम्मेवारी नदिन यसअघि नै अन्तरिम आदेश दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार