अटो रिक्सा ठोक्किँदा एकको मृत्यु, ३ जना घाइते
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार २२:११:५९
२१ असोज, लहान । सिरहाको लहान–ठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारीमा दुई अटोरिक्सा आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दक्षिणबाट उतरतर्फ जाँदै गरेको स १ ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्सा आपसमा ठोक्किँदा स १ ह ३३२० नम्बरको अटोरिक्सामा सवार सिरहाको भगवानपुर गाउँपालिका– १ निवासी २० वर्षीया रञ्जुकुमारी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते रञ्जुलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही अटोरिक्सामा सवार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ६ निवासी ६५ वर्षीय मोहम्मद रहमान, ३० वर्षीय मोहम्मद अब्दुला राइन र भगवानपुर गाउँपालिका– १ निवासी ३० वर्षीया पुनम यादव घाइते भएको र उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार