शनिबार , कार्तिक १५, २०७७

स्वराज माज्दाको गाडी खरिद गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले ७० प्रतिशतसम्म कर्जा दिने

स्वराज माज्दाको गाडी खरिद गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले ७० प्रतिशतसम्म कर्जा दिने

२१ असोज, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौंस्थित मुख्य कार्यालय रहेको लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि. बीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.का तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुले स्वराज माज्दा (SWARAZ MAZDA – SML ) ब्राण्डको कमर्सियल गाडीको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रा.लि.बाट नयाँ गाडी खरीद गर्न चाहेमा १२.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको अधिकतम ७५ प्रतिशतसम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् ।

बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरुबाट आफ्ना ग्राहकवर्गहरुलाई यस किसिमको कर्जा प्रदान गरिने प्रेस विज्ञप्तीमार्फत बैंकले जनाएको छ ।

 

 

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय