ग्लोबल आईएमईले स्पर्श लघुवित्तलाई प्राप्ति गर्ने
नेपालबहस संवाददाता
असोज २१, २०७७ बुधबार २३:१६:२४
२१ असोज, काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ ।
असोज २० गते ग्लोबल लघुवित्तको बसेको सञ्चालक समितिको ११८ औँ वैठकले स्वीकृति दिएसँगै गण्डकी प्रदेशको कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२६ विजयपुरमा अवस्थित स्पर्श लघुवित्त वित्तीय संस्थालाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।
स्पर्श लघुवित्त वित्तीय संस्थाबाट प्राप्तिको प्रस्ताव भै आए बमोजिम उक्त संस्था प्राप्ति गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गै व्यवसाय कारोवार वृद्धि गर्न सकिने, ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहँुचका साथ स्तरिय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भै संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने विश्लेषणका आधारमा प्राप्ति (एक्विजिसन) गर्ने निर्णय भएको ग्लोबल लघुवित्तले जनाएको छ ।
सो सहमति पत्रमा ग्लोबल लघुवित्तका तर्फबाट अध्यक्ष बुद्धि अकेला तथा स्पर्श लघुवित्तका तर्फबाट सो संस्थाका अध्यक्ष प्रा.डा. सुशिलभक्त माथेमाले हस्ताक्षर गरेका छन् ।
गण्डकी प्रदेशको लमजुङ जिल्ला, बेसीशहर नगरपालिका वडा नं.८ बेसीशहरमा रजिष्टर्ड कार्यालय रही आएको, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. ११०४५५-२०६९/०७० फाल्गुण २४ गते विधिवत दर्ता भै नेपाल राष्ट्र बैंकवाट मिति २०७० जेष्ठ १ गते घ वर्गको इजाजत पत्र प्राप्त गरी मिति २०७० जेष्ठ ५ गतेबाट ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा लघुवित्तीय कारोवार गर्दै आएको छ ।
त्यसैगरी गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२६ विजयपुरमा केन्द्रीय कार्यालय रही आएको, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं.१६३८७९-२०७३/०७४ मिति २०७३/११/०४ गते विधिवत दर्ता भै नेपाल राष्ट्र बैंकबाट मिति २०७४ असार २३ गते ‘घ’ वर्गको इजाजत पत्र प्राप्त गरी मिति २०७४/०३/२९ गतेदेखि कारोवार सञ्चालन गरेको स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेड सञ्चालनमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार