शुक्रबार , कार्तिक १४, २०७७

राजविराज नगरका पसलहरुको सुरु भयो अनुगमन

राजविराज नगरका पसलहरुको सुरु भयो अनुगमन
फोटो क्याप्सन : संयुक्त अनुगमन टोलीले पसलहरुमा अनुगमन गर्दै ।

धीरुभाइ

२१ असोज, सप्तरी । सप्तरीको राजविराज नगरका विभिन्न पसलहरुको बुधबार संयुक्त अनुगमन गरेको छ ।  संयुक्त अनुगमन टोलीले कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्यबस्तु खरिदबिक्री गर्न, सरल र सहज रुपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले राजविराज नगरका पसलहरुको अनुगमन गरेको हो । नगरभित्र शिवगुरु मिष्ठान भण्डार, जलपा ट्रेडर्स, गुणानन्द किराना पसल, ज्योति जनरल स्टोर लगायत एक दर्जन पसलहरुमा अनुगमन गरेको छ ।

ती पसलहरुले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना संक्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुन पानी, सेनिटाइजर, ग्लोभ लगायतमा अनुगमन केन्द्रित रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेश सिंहले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको नेतृत्व सुरु गरिएको बजार अनुगमनका क्रममा मूल्य सूची नराखेका पसलहरुमा अबिलम्ब उपभोक्तालाई देखिने गरी मूल्य सूची राख्न, म्याद गुज्रिएका खाद्यबस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलो पटक चेतावनी दिएको सिंहले जानकारी दिए । अर्को पटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उनको कथन छ ।

अनुगमणका क्रममा पसलहरुबाट म्याद गुज्रिएको मसला, च्युरा, खानेतेल, मूल्यसूची नभएको पाइएको उपभोक्ता मञ्चका अध्यक्ष राजकुमार गुप्ता जानकारी दिए । म्याद गुज्रिएका सामानहरु बरामद गरी तत्कालै नष्ट गरिएको उनले बताए । सप्तरी उद्योग बाणिज्य संघ, सञ्चारकर्मी, प्रहरी, घरेलु तथा साना उद्योग कार्यालयको प्रतिनिधि सहितको संयुक्त अनुगमन टोलीलाई देखेपछि धेरै साहुहरुले पसलहरु बन्द गरी भागाभाग भएका थिए ।

 

 

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय