डा. केसीको जीवनरक्षा गर्न आयोगको आग्रह
नेपालबहस संवाददाता
असोज २१, २०७७ बिहिबार १:१६:५३
२१ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई असनरत डा गोविन्द केसीको जीवन रक्षा गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति जारी गर्दै वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकाले त्यसतर्फ समयमै सार्थक पहल गरी डा केसीको जीवन रक्षा गर्न आग्रह गरे ।
उनले आफ्ना माग पूरा गराउन आमरण अनसन जस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न पनि आयोगले डा केसीलाई आग्रह गरेको छ । विज्ञप्तिमा उनले चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा जस्तो आधारभूत मानव अधिकारको विषयमा सरकार र डा केसीबीच विगतमा भएका सम्झौताको कार्यान्वयन अवस्था सार्वजनिक गर्न पत्राचार गरिएको उनले बताए ।
विज्ञप्तिमा सरकारलाई डा केसीको स्वास्थ्य अवस्था र उचित मागप्रति समयमै संवेदनशील बन्न समेत आग्रह गरिएको छ । डा। केसीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको वागमती प्रदेश कार्यालयको टोलीले आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी अनुगमन समेत गरेको छ ।
लामो समयदेखि चिकित्सा शिक्षा सुधारको लागि नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनलगायतका माग राखी पछिल्लोपटक गत भदौ २९ गतेदेखि आमरण अनसनमा रहेका डा। केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्तजनक बन्दै गइरहेकोप्रति आयोगको ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा जनाइएको छ । निजको स्वास्थ्य अवस्था सम्बन्धमा सरकारबाट चासोका साथ नहेरिएको अनुगमनको क्रममा पाइएको आयोगका प्रवक्ता भट्टराईले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार