शनिबार , कार्तिक १५, २०७७

भालुवाङ छाडेर देउखुरी राजधानी तोकेपछि लूम्बिनीमा फेरि विवाद

भालुवाङ छाडेर देउखुरी राजधानी तोकेपछि लूम्बिनीमा फेरि विवाद

२२ असोज, बुटवल । प्रदेशसभाले पारित गरेभन्दा राजपत्रमा नामै किटान गरेर सुचना प्रकाशित गरिएको भन्दै लुम्बिनी प्रदेशको राजधानीबारे फेरि विवाद भएको छ । सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावमा लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका किटान गरेको थियो ।

त्यो भनेको राप्ती गाउँपालिका र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शितगंगा नगरपालिकालाई समेटेर राप्ती नदी किनारको मैदानी भाग राप्ती उपत्यका  हाे । जुन भालुवाङ क्षेत्रमा पर्दथ्यो । देउखुरी पनि सँगै थियो ।

तर प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले प्रकाशित गरेको राजपत्रमा दाङको राप्ती उपत्यका ‘देउखुरी’ मात्र स्थायी राजधानी उल्लेख भएपछि विरोध र आलोचना शुरु भएको हाे । सामाजिक सञ्जालमा मुख्यमन्त्री शंकर पोखरेल र सभामुख पूर्णबहादुर घर्तीको योजनामा प्रदेश सभाले गरेको निर्णयभन्दा फरक हुने गरी राजपत्रमा सुचना प्रकाशित भएको आरोप लागेको छ ।

अर्घाखाँचीवासीले सामाजिक सञ्जालमा लेख्दै अर्घाखाँचीमाथि धोका भएको बताएका छन् भने गढवा र राप्ती गाउँपालिकाका बासिन्दाले राजधानी लमही लैजाने प्रयास हुनसक्ने आशंका गरेका छन् ।

राजपत्रमा प्रकाशित सूचना प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि त्यसले कानूनी मान्यता पाउँछ । प्रदेशसभाले गरेको निर्णयभन्दा फरक रुपमा राजपत्रमा सुचना प्रकाशित भएपछि मुख्यमन्त्री पोखरेलको फेरि आलोचना भएको छ । केही सांसद र नेताले पनि असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय