मंगलबार , मंसिर १६, २०७७

प्रहरीले पोशाक प्रयोगमा ल्यायो नयाँ नियम (विज्ञप्तीसहित)

प्रहरीले पोशाक प्रयोगमा ल्यायो नयाँ नियम (विज्ञप्तीसहित)

२२ असोज, काठमाडौं । चलचित्र, टेलिचलचित्रमा प्रहरीको पोशाक चरम रुपमा दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले कडाई गरेको छ । पछिल्लो समय सांगितिक भिडियो, टिकटक भिडियो लगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग बढेपछि प्रहरी प्रधान कार्यालयले प्रेस विज्ञप्ती निकालेर आपत्ति जनाएको हो ।

प्रहरीले पोसाकको प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्सालको जनसम्पर्क तथा प्रचार( प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान राखेको छ । प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार प्रसार ईकाईको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन प्रहरीले आग्रह गरेको छ ।

यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही गर्ने पनि प्रहरीले जनाएको छ । पछिल्लो समय चलचित्र तथा म्युजिक भिडियोमा प्रहरीको पोशाक गर्दा मनपरी भएको गुनासो बढेको थियो । जसले प्रहरीको बर्दीको मुल्य र मान्यतालाई समेत कुल्चेको आरोप लागेपछि प्रहरीले पोशाक प्रयोगमा कडाई गरेको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय