शुक्रबार , कार्तिक १४, २०७७

बजारमा आज करेक्सन आउनुको यस्तो छ कारण ! प्राविधिक बिश्लेषणसहित

बजारमा आज करेक्सन आउनुको यस्तो छ कारण !  प्राविधिक बिश्लेषणसहित

२२ असोज, काठमाडाैं । आज शेयरबजारमा करेक्सन देखिएको छ। अघिल्लो कारोवार दिन १६०० को विन्दु माथि बसेपनि आज त्यो विन्दुलाई बजारले टिकाउन सकेन ।

फाइनान्स, म्युचअल फण्ड र लघुवित्त उपसुचकमा मात्र वृद्धि देखिए पनि अन्य सम्पूर्ण उपसुचकमा गिरावट आएको छ । केही दिनदेखि आक्रामक रुपमा वृद्धि भएको हाईड्रोपावर उपसुचकमा पनि आज निकै ठूलो गिरावट आएको छ ।

हिजो एकदिन बजारले १६०० को मनोवैज्ञानिक विन्दु भन्दा माथि बसे पनि आज भने हिजोको प्रवृत्तिलाई साथ दिन नसक्दा कतै बजार फेरी घट्दो प्रवृत्तिमा केही दिन जाने हो की भन्ने विश्लेषण लगानीकर्ताले गर्न थालेका छन् ।

वाणिज्य बैंक, बीमा कम्पनीहरुमा खासै ठूलो आकर्षण नदेखिएको र साना साना कम्पनीहरुले बजारमा राम्रो प्रदशन गरे पनि समस्त बजारलाई ड्राईभ गर्न नसकेको देखिन्छ।  नेप्से परिसुचकमा उछाल आउँन ठूलो पुँजीकरण भएका बैंक, इन्स्योरेन्सहरुमा वृद्धि हुनु पर्ने देखिन्छ।

नेप्से परिसूचक ११ दशमलव ३४ अंकले घट्दै १५८९ दशमलव ६३ को विन्दुमा बन्द भएको छ । आज १९३ कम्पनीको शेयर कारोवार हुँदा २ अर्ब ९० करोडको शेयर कारोवार भएको छ । कारोवार रकम केही घटेको छ।

नेप्से परिसूचकमा शुन्य दशमलव ७१ प्रतिशतले घटेको छ । बजार १६०७  दशमलव ५३ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु १६१४ दशमलव ०५ रहेको थियो । बजारले १५८६ दशमलव ९६ को न्यून विन्दु समातेको थियो । बजारको आजको प्रवृत्ति हेर्दा बजारमा बिक्रीकर्ताहरु हावी भएको देखिन्छ।

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :

आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :

✍ प्राविधिक बिश्लेषण :

प्रतिरोध २ः १६१५ । प्रतिरोध १ः १६०० । टेवा १ः १५८० । टेवा २ः १५४०

✍ अघिल्लो दिनको बिश्लेषण अनुसार यदि बजार १६०५ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्क हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १६५० देखि १६७० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो । आज बजार १६०५ भन्दा माथि गए पनि बजार स्थिर रहन सकेन र अन्तत बजार पुन १६०५ भन्दा तल झ¥यो ।

यसलाई सकारात्मक संकेत मानिदैन। विगत दुई दिनको मैनबत्तीहरुले “बियरिस एन्गल्फिङ्ग” आकृति बनाएको छ । यसले बजार केहि सच्चिन सक्ने संकेत गर्दछ ।

✍ आजको परिमाणले बजारमा बिक्रेता हावी रहेको जानकारी गरेको छ । दैनिकी अवधिमा “आरएसआई” ६६ दशमलब ४२ को बिन्दुमा छ। यसको प्रवृत्तिले आज बजारमा बिक्रेताको चाप रहेको जानकारी गरेको छ।

✍ “एडिएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा हालसम्म क्रेताको चाप रहेको जानकारी गराएको छ।

✍ “अन ब्यालेन्स भल्यूम” ले बजारमा माग बढी रहेको जानकारी गराएको छ। बजारको प्रवृत्ति र सूचकहरुले भिन्दा भिन्दै संकेत गरेको र बजारको प्रवृत्तिमा परिवर्तन हुन सक्ने सम्भावना रहकोले लगानीकर्ताहरु सजग रहनु पर्ने देखिन्छ ।

✍ अब बजार १६१५ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने देखिन्छ भने यदि बजार १५८० भन्दा तल स्थिर रहेमा बजार केहि सच्चिन सक्ने सम्भावना देखिन्छ र अर्को तत्कालिन टेवा १५४० को क्षेत्रमा रहेको देखिन्छ ।

(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )

प्रतिक्रिया

पढ्न लाग्ने समय : 1 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय