स्मार्टसिटी मै खानेपानीको हाहाकार, स्थानीय सरकार मौन
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार २२:४७:४४
२२ असोज, वालिङ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा खानेपानीको चरम अभाव भएको छ। वालिङ नगरपालिकाको वार्ड नम्बर १४ ढिकीडाँडामा मोटरबाटो खन्ने क्रममा पाइपलाइन काटिएपछि नगरपालिकाको १३ र १४ नम्बर वार्डमा खानेपानीको चरम अभाव भएको हो ।
विकास गर्ने भन्दै ५ महिना अगाडी ढिकीडाँडामा बाटो खनिएको थियो । सम्बन्धित निकायले महिनौं समय बित्दा पनि खानेपानी समस्या समाधानको लागि पहल नगर्दा १३ र १४ वार्डका स्थानीय दिनहुँ खानेपानी समस्याको सास्ती बेहोर्न बाध्य छन् । दुई वार्डका विभिन्न गाउँबस्तीमा अहिलेको समयमा पानीको ठुलो समस्या देखिएको छ ।
बाटो मर्मत र विस्तार गर्ने भन्दै खनिएको उक्त बाटोमा डोजरले फाल्दिएको खानेपानीको पाइपलाईन पुन जडानका लागि स्थानीयबासीले बिगत ५ महिनादेखि ताकेत गर्दा पनि स्थानीय सरकारले कुनै चासो नदेखाएको स्थानीयबासीको गुनासो छ । वालिङ नगरपालिका १४ अधेरीखोलाबाट आउने पानी डोजरले बाटो खन्ने क्रममा बिगत ५ महिना अगाडि भत्किएको थियो ।
गाउँमा खानेपानीको अभाव भएसँगै स्थानीयबासी भने घण्टौं लगाएर पोखरी र कुवा धाउन बाध्य भएका छन् । अधिकतम कृषक समुदाय रहेको उक्त ठाउँमा पानीको अधिकतम उपयोग हुने गर्छ । गाईभैसी पालनदेखि तरकारी खेतीका लागि पानीको अभावले कृषकको दैनिक क्रियाकलापमा ठुलो असर परेको छ। गाग्रीमा पानी भर्न भन्दै टाढाको पधेरा घण्टौं लगाएर धाउनुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।
बिग्रेको पाइपलाइन पुनः जडानको लागि स्थानीयबासीले धेरै कोशिस नगरेका पनि होइनन् । तर सरोकारवाला स्थानीय सरकारले चासो नदेखाएपछि उनीहरु खानेपानीको चरम समस्याबाट गुज्रिनु परेको गुनासो स्थानीयको छ । झन्डै ४०० घरधुरीले प्रयोग गर्ने खानेपानीको धारा अहिले सुख्खा भएपछि उपभोक्ता चिन्तित भएका हुन् । स्मार्टसिटी निर्माण गर्ने भनिएको वालिङ नगरपालिकामा खानेपानी समेत अभाव भएको यो परिस्थितिमा स्थानीय सरकारको गैरजिम्मेवारी कार्यशैलीप्ति स्थानीय आक्रोशित बनेका छन् ।
वालिङ नगरपालिकाको ग्रामीणस्थल मानिने अर्लुङ, भोर्ले, पिपलछाप, बोधीभञ्ज्याङ्, चौरीखर्कमा पानीबिनाको सुख्खा धारोमा कहिले पानी आउँला र खानेपानीको सहज आपूर्तिका लागि उकालो बाटो घण्टौं लगाएर गाग्रीमा पानी बोक्नु पर्ने दिनको अन्त्य कहिले होला भन्दै सम्बन्धित निकायको मुख हेरिरहेका छन् ।
तहतहका सरकार मन्त्री हुँदै मेयर निर्वाचित गरेका हामी वालिङबासीले खानेपानीको अभाव बेहोर्नु परेकोमा देशमा जनताप्रति उत्तरदायी भएर जनप्रतिनिधिले बिधिको शासन होइन ब्यथितिको शासन गरेको दाबी वालिङ १४ का युवा टंक गैह्रेले गरे। सम्बन्धित निकाय भने समस्याको जानकार भएर पनि बिगत पाँच महिनासम्म बेखबर जस्तै बनिरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार
डढेलोले खोटाङमा तेह्र घर खरानी
बैशाख १३, २०८१ बिहिबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव, पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार