माछा र कुखुरापालनबाट मासिक एक लाख बचत
नेपालबहस संवाददाता
असोज २२, २०७७ बिहिबार २३:५१:३
२२ असोज, गलकोट । बागलुङ नगरपालिका–३ कृषि गाउँका नारायणप्रसाद शर्माले माछापालन तथा कुखुरापालनबाट मासिक खर्च कटाएर रु एक लाख बचत गर्दै आएका छन् । तित्याङ जाने काठेखोला पुल नजिकै उहाँले बनाएका दश वटा पोखरीमा एक हजारभन्दा बढी नैनी, ग्रास कार्प, रहु र सिल्भर जातका सानाठूला गरी ३० हजार बढी माछा छन् ।
२०७० सालमा बाँझो जमिन र खेर गइरहेको पानी देखेपछि माछापालन गर्ने सोच बनाएर शर्माले सञ्चालन गर्दै आउनुभएको नारायण कृषि फार्ममार्फत दैनिक माछा बिक्री गर्ने गरेको बताए ।्
जिल्लामा माछाको माग अत्यधिक रहेकाले मागअनुसारको माछा उत्पादन गर्न नसकिएको शर्माको भनाइ छ । अहिले शर्माको फार्ममा रु ४० लाख लगानी छ । विगतमा विभिन्न व्यापार, कृषि तथा फर्निचरको व्यवसायसमेत गर्नुभएका शर्माले माछाबाट राम्रो आम्दानी हुन थालेपछि अहिले यसलाई नै बढी व्यावसायिक बनाएको बताए ।
दश रोपनी क्षेत्रफलमा रहेको उनको फार्ममा माछासँगै एक हजार ४०० बोइलर कुखुरा, एक सयबढी लोकल कुखुरा, केही हाँस र टर्की रहेका छन् । यससँगै शर्माले उखु र केराखेती पनि गरेका छन् । उखु, केराका पातहरु माछालाई नै आहारा हुने भएकाले फाइदा भएको शर्माको भनाइ छ ।
उनले तित्याङ जोड्ने काठेखोलाको पुलनजिकै एउटा रेष्टुरेन्ट पनि सञ्चालन गर्दै आएका छन् । अहिले दैनिक रुपमा लोकल तथा स्वादिष्ट माछा खान मन पराउनेहरु सोही रेष्टुरेन्टमा जाने गरेका छन् । पोखरीबाट माछा छोपेर रेष्टुरेन्टमा खुवाउने योजनानुसार शर्माले अझै थप लगानी बढाउन लागेको बताए ।
“लोकल माछा लोकल कुखुरा रेष्टुरेन्टको मुख्य आर्कषण हो”, शर्माले भने। उनको यो पेशामा घरपरिवारको सहयोग पनि उत्तिकै छ । थप दुई जनाले रोजगारी पाएका छन् । कोरोना भाइरसका कारण बाहिरबाट कुखुराका चल्ला ल्याउन समस्या भएपछि उहाँले अण्डाबाट कुखुराका चल्ला कोरल्ने ह्याचरी घरमै बनाएर राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनबाट आयात गरिएको रासायनिक मल काठमाडौं ढुवानी
बैशाख ७, २०८१ शुक्रबार
हलगोरु पाल्ने किसानलाई अनुदान दिने
बैशाख ३, २०८१ सोमबार
दुग्ध किसानको ४८ करोड भुक्तानी बाँकी
चैत २९, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ८, २०८१ शनिबार
स्वास्थ्य मन्त्रालयको चेतावनी - कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्छाै
बैशाख ७, २०८१ शनिबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार