कालो बजारी गर्ने औषधि पसललाई दुई लाख जरिवाना
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार १३:३९:३१
२३ असोज, नुवाकोट । जिल्लामा विभिन्न औषधि पसलको अनुगमनका क्रममा पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना गराइएको छ । औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले बिहीबार गरेको अनुगमनमा सदरमुकाम विदुर क्षेत्रका पाँच वटा औषधि पसललाई रु दुई लाखका दरले जरिवाना तिराइएको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।
विदुर नगरपालिका २ बट्टारमा रहेको सापकोटा मेडिकल हल, विदुर नगरपालिका–४ वट्टारमा रहेको सम्मान मेडिकल हल, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल, विदुर फार्मेसी र विदुर नगरपालिका– १ ढुङ्गेमा रहेको समीर फार्मेसी गरी पाँचवटा औषधि पसलले बिलबीजक जारी नगरी औषधि बिक्री गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना तोकी ७ दिन भित्र जरिवाना रकम बैंक दाखिला गरी एकप्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
यस्तै, संयुक्त अनुगमन टोलीले म्यागङ गाउँपालिकाका औषधि पसलहरुको अनुगमन गर्नेक्रममा मापदण्ड विपरित सञ्चालन गरेको पाइएकोले सिलबन्दी गरिएको छ । म्यागङ गापा–३ मा सञ्चालित मेडिकल तथा फार्मेसी अनुगमन गर्ने क्रममा सोही वडामा सञ्चालनमा रहेको छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरित सञ्चालनमा रहेको पाईकोले सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी तादी गाउँपालिकाको खरानीटारमा रहेको तादी फर्मा र दुप्चेश्वर फार्मेसी मा खरिद विल नभएको पाइएकोले रु १० हजार जरिवाना गराइएको जिल्ल प्रशासन कार्यालयले छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्लाफाँटामा एक करोड राजस्व संकलन
बैशाख १०, २०८१ सोमबार
विज्ञापन कर नतिर्ने विदेशी कम्पनीका होडिङबोर्ड हटाउन सुरु
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता
बैशाख १२, २०८१ बुधबार
यी तीन प्रदेशमा आज मेघ गर्जनसहित वर्षा हुने
बैशाख १२, २०८१ बुधबार