बामदेवको सत्तायात्राका कठिनाई
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार १८:४२:२५
२३ असोज, काठमाडौं । सत्ता राजनीतिबाट लामो समय परै रहेका बामदेव गौतम फेरिपनि अन्यौलमा छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेयता उनका हरेक योजना लगभग विफल देखिए । सत्ता चढ्ने भ¥याङ उनका लागि ज्यादै दुरुह बन्न थालेको छ ।
संघीय संसदमा प्रवेश गर्न उनले पटकपटक प्रयत्न गरे, तर सधैं असफल । आफ्ना लागि प्रतिनिधिसभामा ठाउँ खाली गराउन काठमाडौंदेखि डोल्पासम्मका जनप्रतिनिधिलाई तयार गरे । तर पार्टीभित्रकै समीकरण नमिल्दा उनी निराश बन्नुप¥यो ।
यति हुँदासमेत बामदेवले हरेश चाहिं खाएनन् । प्रनिनिधिसभामा प्रवेश गर्न मुश्किल हुने देखेका उनी पछि राष्ट्रियसभामा जान तयार भए । यद्यपि उनले यसका लागि शर्त राखेका थिए– राष्ट्रियसभाका सदस्यसमेत प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्ने । पार्टी नेतृत्व यसका लागि तयार देखियो । नेता माधवकुमार नेपालको संयोजकत्वमा एउटा कार्यदल नै बनाइयो । तर कार्यदलकै सदस्य सुवासचन्द्र नेम्बाङको विरोधपछि फास्सफुस्स बनाइयो ।
कार्यदल भंग भएपछि बामदेवले प्रधानमन्त्री बन्न नपाएपनि राष्ट्रियसभामा जान मन गरे । नेकपा सचिवालयले गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा मनोनयनका लागि सिफारिश गर्न प्रधानमन्त्री केपी ओलीलाई निर्देशन दियो । यति गरिसक्दा गौतम संघीय संसदको सदस्यका रुपमा जान पाउने अवस्थामा पुगेका थिए । तर प्रधानमन्त्री ओलीले गौतमको सट्टा डा. युवराज खतिवडालाई नै निरन्तरता दिने मनस्थिति बनाए ।यद्यपि यस्तो निर्णय गर्न उनी सक्ने अवस्थामा समेत थिएनन् । त्यसैले रिक्त पदमा कसैको नाम सिफारिश गरेनन् । बरु डा. खतिवडालाई अर्थमन्त्रीका रुपमा निरन्तरता दिए ।
यति भइसक्दासमेत गौतमको राष्ट्रियसभा सदस्य पद पक्का थिएन । तर जब भदौ २० गतेसम्म डा. खतिवडा संघीय ससदमा जान सकेनन्, राजीनामा दिन बाध्य भए । गौतमपनि राष्ट्रियसभामा जान लालयित थिए । पटकपटक ओलीसँग उनले गुनासो गरे । सचिवालयका अन्य सदस्यले समेत गौतमलाई नै मनोनित गर्न दबाब बढाए । नभन्दै ओलीले भारी मन गरेर गौतमलाई सिफारिश गरे ।
त्यसपछि गौतम हौसिएर अर्थमन्त्रालयको दावी पेश गर्न अग्रसर भए । त्यसका लागि पनि ओली तयारै थिए तर गौतम आफ्नो प्रतिनिधि कम विरोधी खेमाको बुख्याँचा बढी भएको अनुभूति गरे । त्यसैले मन्त्रिमण्डल पुनर्गठनमा ओलीले खासै रुची देखाएनन् । गर्दापनि खाली मन्त्रालय मात्रै पूर्ति गर्ने धारणा अघि सारे । तर गौतमलाई अर्थ चाहिं नदिने सोच उनले बनाए ।
यसैबीच, गौतमको राष्ट्रियसभा सदस्यको वैधानिकताकै विषयमा सर्वाेच्च अदालतमा मुद्धा दायर भयो । अदालतले पनि यो संवैधानिक इजलाशबाट निरुपण गर्नुपर्ने विषय भएको भन्दै तत्काल थप जिम्मेवारी नदिन अन्तिरिम आदेश जारी ग¥यो । त्यसले गौतमको सत्ता यात्रा तत्काललाई विश्राम लिनुपर्ने स्थितिमा पुग्यो ।
तर ओलीका लागि भने यो गतिलो अवसर बनेको थियो । गौतम बिनाको पुनर्गठन गर्ने मौका थियो । प्रयास पनि गरे । तर अर्का अध्यक्ष पुष्पकमल दाहालले ओलीको चाहनामा तगारो हाले । गौतमका विषयमा अदालतले टुंगो नलगाएसम्म पुनर्गठन नगर्न प्रचण्डले ओलीलाई आग्रह गरे ।
यति हुँदासम्म गौतमको सत्तायात्रामा ब्रेक लागेको थिएन । तर सर्वाेच्चले उनको मुद्धा लम्ब्याएका कारण अन्योल थपिएको छ । कोरोना संक्रमणका कारण संवैधानिक इजलाश नै बस्न सकेको छैन । जसले गर्दा गौतमको मुद्धाले निकास पाएको छैन । अब उनको विषयमा अदालतले निक्र्याेल नगरेसम्म केही हुने वा गर्न सकिने अवस्था छैन ।
त्यसैले ओलीले तत्काललाई रिक्त मन्त्रालयमा पूर्ति गर्ने नीति अपनाएका छन् । यसो गर्दा अर्थ मन्त्रालयमा गौतमको उपस्थिति पनि रोकिने उनको बुझाई छ । त्यसैले प्रचण्डसँग यसबारे छलफल भएको बुझिन्छ । तर कसलाई कुन मन्त्रालय दिने भन्नेबारेमा चाहिं सहमति बनेको छैन । तर तत्काललाई गौतमको अर्थमन्त्री बन्ने चाहनामा भने ब्रेक लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार