भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको निधन
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार १९:२६:४
२३ असोज, नयाँदिल्ली । भारतका केन्द्रीय मन्त्री राम विलास पासवानको बिहीबार निधन भएको छ । उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालय सम्हाल्दै आएका पासवान केही हप्ता अगाडिदेखि नै अस्पतालमा भर्ना भएका थिए । उनको मुटु सम्बन्धी शल्यक्रिया पनि गरिएको थियो ।
भारतको स्थानीय समय अनुसार बिहीबार बेलुका ६।५० मा उनले फोर्टिस इस्कोर्टस हर्ट इन्ष्टीच्युटमा संसार त्याग्नु भएको हो ।दलित समुदायका अति प्रभावशाली नेता मानिनु हुने ७४ वर्षीय पासवान लोक जनशक्ति पार्टीका संस्थापक समेत थिए ।उनले झण्डै पाँच दशक लामो राजनीतिक तथा सामाजिक सेवाका क्रममा आफ्नो समुदायको अधिकार र संरक्षणका लागि आवाज उठाउँदै आएका थिए ।
उनले सन् २००० मा स्थापना गरेकाे पार्टीको अहिले उनकै ३७ बर्षीय छोरा चिराग पासवानले नेतृत्व गरेका छन् । आफ्ना पिताको निधन भएपछि छोरा चिरागले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “बाबा तपाई अब हामीबीच रहनु भएन, भौतिक रुपमा नभए पनि तपाई हामीसँगै हुनु हुनेछ ।”
उहाँको निधनप्रति देश विदेशबाट दुःख व्यक्त गर्दै धेरैले समवेदना प्रकट गरेका छन् । भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, पार्टीका नेता, विदेशी नियोगका प्रतिनिधिलगायतले श्रद्धान्जलि व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार