कोरोनाले २० बर्षीय कैदीको ज्यान गयो
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार १९:२२:११
२३ असोज, विराटनगर । कोरोनाले २० वर्षीय बन्दी युवकको मृत्यु भएको छ । जिल्ला कारागारमा रहेका उनको शुक्रबार बिहान सवा १० बजे कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोशी अस्पताल विराटनगरको आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार बिहीबार बिहान साढे ७ बजे भर्ना भएका युवकमा बिहीबार बेलुका ९ बजे कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसनमा नै रहेको अवस्थामा शुक्रबार बिहान सवा १० बजे उनको मृत्यु भएको डा. यादवले बताए ।
चिकित्सकका अनुसार युवकलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने थियो । तर कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्र विराटनगरमा आईसीयू बेड खाली नभएका कारण अस्पतालकै आइसोलेसनमा राखिएको थियो ।
जिल्ला कारागार मोरङका जेलर सुवास लामिछानेका अनुसार मृतक युवक लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा थिए । २१ माघ २०७६ देखि उनी जिल्ला कारागारमा रहेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार