घट्टेकुलोमा वीर गणेशमान स्मृति ज्येष्ठ नागरिक भवन
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार २१:१५:५८
२३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं २९ रुद्रमती किनारस्थित घट्टेकुलोमा वीर गणेशमान सिंह स्मृति ज्येष्ठ नागरिक भवन निर्माण शुरु भएको छ ।पूर्वउपप्रधानमन्त्री एवं सांसद प्रकाशमान सिंहले सांसद पूर्वाधार कोषबाट रु दुई करोड र वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले प्रदेशसभा पूर्वाधार कोषबाट प्रदान गरेको रु एक करोडबाट भवन निर्माण शुरु भएको वीर गणेशमान ज्येष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष ध्रुव केसीले जानकारी दिए ।
गत आर्थिक वर्षमा सांसद पूर्वाधार कोषबाट नेता सिंहले छुट्याएको रु ७० लाख बजेटबाट काम प्रारम्भ भएको थियो । हाल भुइँतलाको काम सकिएको छ । दुई रोपनी क्षेत्रफलमा बन्ने ज्येष्ठ नागरिक भवन निर्माणपछि यस क्षेत्रका वृद्धवृद्धाका लागि सहज हुने विश्वास लिइएको छ । ठूलो हलसहित ७० कोठाको पाँच तले भवन बनाउन रु सात करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
एक वर्षभित्र भवनको काम सक्ने गरी काम भइरहेको वडा अध्यक्ष कुश ढकालले बताए । भवन निर्माण सम्पन्न भएपछि ४० जनााई सःशुल्क र ४० जनालाई निःशुल्क गरी ८० जना वृद्धवृद्धालाई सेवा दिने लक्ष्य राखिएको वडा कार्यालयले जनाएको छ ।
भवनको तल्लो तलामा ठूलो हलसहित स्वास्थ्य सेवासमेत दिने गरी संरचना निर्माण गरिएको छ । भवन निर्माणका लागि पूर्वाधार कोषले नभ्याउने रकम महानगरपालिकाका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता महानगर प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यासका अवसरमा गर्नुभएको केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
म्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार