सुनकोशीमा बढी राजश्व संकलन गर्ने वडा पुरस्कृत
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार २१:५४:५६
२३ असोज, ओखलढुङ्गा । सुनकोशी गाउँपालिकाले बढी राजश्व संकलन गर्ने वडालाई पुरस्कृत गरेको छ । दश वटा वडा रहेको सुनकोशीले गत आर्थिक वर्षमा सबैभन्दा बढी राजश्व संकलन गर्ने वडा नम्बर ९ लाई प्रोत्साहनस्वरुप पुरस्कृत गरेको हो ।
बढी राजश्व उठाउने वडालाई वार्षिक रु पाँच लाख बराबरको थप योजना दिएर प्रोत्साहन गर्ने गाउँपालिकाको नीतिअनुसार यस वर्ष वडा नम्बर ९ लाई पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । करदातालाई करको दायरामा ल्याएर स्थानीय सरकारको आयस्रोत बढाउने लक्ष्यअनुसार बढी राजश्व उठाउने वडालाई प्रोत्साहन गर्ने गरिएको अध्यक्ष अधिकारीको भनाइ छ ।
‘करदातालाई नियमानुसार करको दायरामा ल्याउने, स्थानीय तहको आयस्रोत बढाउने र जम्मा भएको करबापतको रकम फेरि गाउँकै विकासमा खर्चिने हाम्रो नीति छ’, अधिकारीले भने, ‘आन्तरिक स्रोत जुटाउन निकै चुनौती छ । कम सम्भावना हुँदा पनि अधिकतम प्रयास गर्ने र अरुभन्दा बढी कर उठाउने वडामा रु पाँच लाख बराबरका योजना पठाउँछौं । त्यो रकम यस वर्ष ९ नम्बर वडाले पायो ।’
व्यवसाय प्रवद्र्धन गरेर आन्तरिक स्रोत वृद्धिमा गाउँपालिकाले नीतिगत पहल गरिरहेको उनको भनाइ छ । सुनकोशी –९ ले आफूले प्रोत्सानवापत पाएको रकम आन्तरिक स्रोतवृद्धि र व्यवसाय प्रवद्र्धनमा खर्चिने भएको छ । बढी राजश्व संकलन गरेबापत प्रोत्साहन स्वरुप पाइएको रकम योजना स्थानीयवासीले महसुस गर्ने विकासमा खर्चिने वडाअध्यक्ष झनकुमार कार्कीले बताए ।
गत वर्ष वडा नम्बर १ ले बढी राजश्व संकलन गरेर रु पाँच लाख बराबरका योजना थप लगेको थियो । सुनकोशी गाउँपालिकामा गत आर्थिक वर्षमा रु २० लाख २० हजार ८१९ राजश्व संकलन भएको थियो । त्यसमध्ये सबैभन्दा बढी वडा नम्बर ९ ले र एक लाख ६६ हजार ५५९, वडा नम्बर ३ ले एक लाख ६४ हजार ४१४ र ६ पैसा र वडा नम्बर ४ ले रु एक लाख १९ हजार ६५८ राजश्व संकलन गरेको गाउँपालिकाका लेखा अधिकृत रेश्मा राईले जानकारी दिए ।सबै वडाले गत वर्ष संकलन गरेको राजश्वको विवरण र आगामी वर्षको लक्ष्य पालिकामा पेश गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
चोभार सुक्खा बन्दरगाह, सडक असुविधाले सामान गन्तव्यमा पुर्याउनै झन्झट
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार