कोरोनाले कांग्रेस संस्थापक नेता खनुपरुदेको निधन
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार २२:४:२७
२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं जीवनपर्यन्त नेपाली कांग्रेसको सक्रिय राजनीति गरेका खनुपरुदे ( रामबाबु प्रसाईं ) को आज निधन भएको छ । श्वासप्रश्वासको समस्याले ग्रस्त भएका प्रसाईंको आजै अपरान्ह उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।
सय वर्ष लागेका प्रसाईंलाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो । प्रसाईंकी श्रीमतीसमेत कोरोना संक्रमणको चपेटामा आएको अस्पताल स्रोतले बताएको छ ।
नेपाली कांग्रेसका संस्थापक सदस्य मध्येका उनी राणाविरोधी आन्दोलनदेखि पञ्चायतकालसम्म कांग्रेस राजनीतिमा सक्रिय थिए । उनी ०२८ देखि ०४८ सम्म झापा जिल्ला कार्यसमिति सभापति थिए ।
०४८ मा झापाको कलबलगुढीमा सम्पन्न आठौं महाधिवेशनपछि उनी सभापति कृष्णप्रसाद भट्टराईको कार्यसमितिमा केन्द्रीय कोषाध्यक्ष रहे । ०५२ सालमा उनले कोषाध्यक्षबाट राजीनामा गरेका थिए ।
कांग्रेस संस्थापक नेताहरु बीपी कोइराला, सुवर्णशम्शेर, गणेशमान सिंह लगायत नेतासँग प्रसाईंको राम्रो हिमचिम थियो । ०६२ सालमा नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रको लाइन छाडेपछि भने उनी कांग्रेसबाट अलग भएका थिए । पछिल्लो समय उनी कुनै राजनीतिक दलसँग आवद्ध थिएनन् ।
प्रसाईंको शव आजै साँझ नेपाली सेनाले व्यवस्थापन गर्ने छ । उनका श्रीमती , तीन छोरा र दुई जना छोरी छन् ।
उनमा आँखा राम्ररी नदेखेपनि कान र स्मृति शक्ति वेजोड थियो । विसं २००० यताका अनेक सन्दर्भ, नेपाली कांग्रेस, त्यहाँका नेता, कम्युनिस्टहरु, राजा र राजनीति अनेककन विषयका जानकार उनको वर्तमान संविधानबारे स्पष्ट असहमति थियो ।
रामबाबु प्रसाई (खनुपरुदे) अत्यन्त अनुशासित, सहयोगी, र विवेकशील थिए । संकटका बेला उनको सह्रृदयताको प्रशंसा हरेकले गर्छन् र गर्नुपर्ने हुन्छ । झापाका जमिन्दार रहेका प्रसाई कांग्रेसका दाता पनि थिए । प्रतिबन्धितकालमा पार्टी सञ्चालन गर्न उनले ठूलो धनराशी खर्च गरेका थिए ।
स्वर्गीय प्रसाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा निष्ठाको नाम हो । ९९ वर्षसम्मको आयुमा प्राञ्जल छवि रह्यो उनको । नेपालबहस डटकम पनि यस दुखद घडीमा उनको दिवंगत आत्माले चिरशान्ति पाओस् भन्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद डा. शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
देशभर आज मौसम सफा रहने
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार