ट्राफिकले फेला परेका मोटरसाइकल धनीलाई जिम्मा लगाए
नेपालबहस संवाददाता
असोज २३, २०७७ शुक्रबार २२:५:३२
२३ असोज, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । कोभिड–१९ को माहामारीका बीचमा महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले खोजी गरी फेला परेको मोटरसाइकल आज एक समारोहका बीच धनीलाई हस्तान्तरण गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चावी हस्तानतरण गर्दै सवारी साधन पार्किङमा राखिएको छ भनेर मात्रै ढुक्क नहुन आग्रह गरे । उपत्यकाका नयाँबसपार्क, ठमेल, लाछिटोल, बोडे, सूर्यविनायक, वसुन्धारा, वनस्थली, नयाँबानेश्वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, इमाडोल, जडीबुटी, वनकाली, जोरपाटी र पुतलीसडकबाट ती मोटरसाइकल हराएको थियो ।
एकान्त ठाउँको पार्किङस्थल, घरको गेटबाहिर वा अस्पताललगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगर्दा, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नहुँदा, घरमा पार्किङ गरेको भनी लापर्वाही वा असुरक्षित पार्किङ गर्दा मोटरसाइकल चोरी हुने गरेको ढकालले बताए । उनले भने, “चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा ‘लस्ट भेइकल एप्लिकेशन’मा लगइन गरेर निवेदन दिन सक्नुहुन्छ ।”
उहाँले सवारी साधनलाई चोरी हुनबाट जोगाउन अतिरिक्त लक प्रयोग गर्न, अलरामलगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न र एकै छिन त हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए । महाशाखाले आर्थिक वर्ष २०७६÷७७ मा मात्रै चोरी भएका ३२५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक जितेस दाहालले जानकारी दिए। बन्दाबन्दीपछि हालसम्ममा पनि ६४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको महाशाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
धाराको मुहान सुक्दा पानीको दुःख झेल्दै
बैशाख १३, २०८१ बिहिबार
खानेपानीको ट्याङ्की निर्माण
बैशाख १३, २०८१ बिहिबार
जल उद्वारसम्बन्धी कृतिम अभ्यास
बैशाख १३, २०८१ बिहिबार
निर्माणाधीन पदमार्ग पर्खाल
बैशाख १३, २०८१ बिहिबार