हिजो जस्तो लाग्छमा रोमान्टिक मुडमा आकाश र गरिमा
नेपालबहस संवाददाता
असोज २३, २०७७ शनिबार ०:०:२६
२३ असोज, काठमाडौं । अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाउदै स्तरिय सिर्जनाहरु निरन्तर सार्वजनिक गरिरहेका गायक, गीतकार तथा संगीतकार दावा गुरुङले आफ्नो नयाँ गीत ‘हिजो जस्तो लाग्छ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
दावा गुरुङ र वानिका प्रधानको युगल स्वरमा रहेको यस कर्णप्रिय गीतमा शब्द , संगीत स्वयम् गायक दावा गुरुङको नै रहेको छ। यस गीतलाई रोमी बस्नेतले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा विवाहित जोडीको पहिलो डेटिङ र जिन्दगीका रमाइला पलहरुको स्मरण गरिएको छ।
भिडियोमा आकाश श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।
२०५६ साल बाट आफ्नो संगीत यात्रा प्रारम्भ गरेका गायक गुरुङले हाल सम्म २ वटा स्टुडियो एल्वम र अन्य थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। २०६५ सालमा गायक गुरुङ ‘भन्दिन म तिमीलाई’ बोलको गीत बाट ईमेज अवार्ड र हिट्स एफएम अवार्ड बाट समेत सम्मानित भैसकेका छन्।
गायक गुरुङको च्यानल ुसिङ्गर दावा गुरुङ अफिसिएलु मार्फत सार्वजनिक यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन गायक गुरुङले सम्पुर्ण दर्शक स्रोतालाई आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार