वालिङमा १७ करोड सामाजिक सुरक्षा भत्ता वितरण
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार १४:१९:११
२४ असोज, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकामा गत आर्थिक वर्ष २०७६/०७७ मा रु १७ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थाका व्यक्ति, एकल महिला, क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाले बैंकमार्फत रु। सत्र करोड २१ लाख ४४ हजार ४०० वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।
नगरपालिकाले वडागतरुपमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको सूची तयार गरेर नगरस्थित विभिन्न बैंकसँग सम्झौता गरी भत्ता वितरण गर्दै आएको ज्ञवालीले बताए । “नगरपालिकाले प्रथम, दोस्रो र तेस्रो चौमासिकमा भत्ता वितरण गर्दै आएको छ”, ज्ञवालीले भने, “गत आवको पहिलो चौमासिकमा रु। पाँच करोड ७१ लाख ८३ हजार, दोस्रोमा रु। पाँच करोड ७२ लाख २ हजार र तेस्रो तथा अन्तिम चौमासिकमा रु। पाँच करोड ७७ लाख ५८ हजार वितरण भएको हो ।”
पहिलो चौमासिकमा छ हजार ३५९, दोस्रोमा छ हजार ३७० र तेस्रोमा छ हजार ४५४ जनालाई भत्ता वितरण गरिएको हो । गत आर्थिक वर्षमा कूल १९ हजार १८३ जनाले विभिन्न शीर्षकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका हुन् । नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिन कायम रहेको संख्याभन्दा कमले मात्रै भत्ता बुझ्ने गरेका लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताए ।
नपामा ज्येष्ठ नागरिकतर्फ १० हजार ६६० मध्ये १० हजार ४९४ जनाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बुझेको अधिकृत अर्यालले बताउनुभयो । उहाँका अनुसार असहाय एकल महिला तथा विधवातर्फ ५ हजार ७८८ मध्ये ५ हजार ३९३, अति अशक्त अपाङ्गता ‘ख’ वर्गको ७१७ मध्ये ६६७, दलित बालबालिकातर्फ २ हजार २५४ रहेकोमा २ हजार १२८ र पूर्ण अपाङ्गता ‘क’ वर्गतर्फ ३५६ मध्ये ३४१ जनालाई भत्ता वितरण गरिएको हो ।
नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणतर्फ सबैभन्दा धेरै ज्येष्ठ नागरिकको रहेको छ । ज्येष्ठ नागरिकलाई रु। एघार करोड ६३ लाख ६७ हजार २००, असहाय एकल महिला, विधवालाई रु। चार करोड ३० लाख ८७ हजार ४००, अति अशक्त अपाङ्गता भएको ‘ख’ वर्गकालाई रु। ५२ लाख १९ हजार ८००, दलित बालबालिकालाई रु। ३३ लाख ७८ हजार र पूर्ण अपाङ्गता भएका ‘क’ वर्गकालाई रु ४० लाख ९२ हजार वितरण गरिएको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार