भोजपुर– टक्सार सडक कालोपत्रे शुरु
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार १४:२२:२६
२३ असोज, भोजपुर । प्रदेश –१ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे शुरु भएको छ । जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु १६ करोड ९२ लाख लागतमा कालोपत्रे गर्ने काम शुरु भएको हो ।
यस अघि नै कालोपत्रेको लागि आवश्यक प्रक्रिया सम्पन्न गरिएको भए पनि निरन्तरको वर्षाले काम रोकिएको थियो । मौसममा सुधार आएपछि कामको थालनी भएको हो । प्रदेश सरकारको महत्वपूर्ण योजना भएकोले यसको गुणस्तरमा ध्यान दिइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । प्रमुख रेड्डीले भने,‘‘ काम गुणस्तरीय बनाउन लागेका छौँ, जिल्लामा पहिलो पटक यो प्रविधिबाट कालोपत्रे थालिएकोले यसमा बढी ध्यान दिएका छौँ ।’’
गुणस्तरमा कमी आउन नदिन जिल्ला प्रशासन कार्यालयसँगै अन्य सरोकारवालाले अनुगमन गरिरहेका छन् । अनुगमनका क्रममा काम मापदण्ड अनुसारको रहेको पाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए। प्रजिअ पुरीले भने,‘‘ निर्माणका क्रममा आउने विभिन्न समस्या समाधानदेखि अनुगमनको पाटोमा हामीले विशेष ध्यान दिएका छौँ, हामीले हेर्दा सडकको गुणस्तर राम्रो नै छ ।’’ काम गर्ने क्रममा कुनै यन्त्र उपकरणको समस्या नआएमा तथा मौसम राम्रो भएमा यो महिनामा काम सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।
कालोपत्रेको काम शुरु गरेको भए पनि स्थानीय सरकार तथा सरोकारवालाले ट्रयाक्टर लगायतका ढुवानीका साधन सञ्चालनमा रोक नलगाउँदा भने काममा केही बाधा पुगेको कम्पनीको गुनासो छ । मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले भने,‘‘ तोकिएको समय भन्दा अगाडि सम्पन्न गर्ने लक्ष्यसाथ काम गरेको हो, वर्षातले कालोपत्रे गर्न सकिएन तर पनि छिटै सक्ने लक्ष्य छ ।’’ रायामाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरिरहेको यो सडकको लम्वाई ५ किलोमिटर रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालनमा
फागुन २८, २०८० सोमबार
नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न
फागुन १६, २०८० बुधबार
बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता
फागुन १३, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार