सोलुखुम्बुलाई दुई वर्षमा फुसको छाना मुक्त बनाइने
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार १६:३४:४९
२४ असोज, सोलुखुम्बु । सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई ‘शुरवीर’ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले रु ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताए ।
सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा जिल्लाका एक हजार २८९ विपन्न परिवारले उक्त अनुदान पाउने सांसद राईको भनाइ छ । सांसद राईको संयोजकत्वमा शुक्रबार जिल्ला समन्वय समितिको कार्यालयमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले आठवटै स्थानीय तहका वडामा अनुदान दिने घरधुरीको सङ्ख्या निर्धारण गरेको छ ।
बैठकको निर्णयअनुसार प्रथम चरणको यस कार्यक्रमअन्तर्गत थुलुङ दूधकोशी गाउँपालिकामा सबैभन्दा बढी ३४७ र लिखुपिके गाउँपालिकामा सबैभन्दा कम ७५ घरधुरीले अनुदान प्राप्त गर्नेछन् । यसैगरी सोलुदूधकुण्ड नगरपालिकामा १३०, माप्या दूधकोशी गाउँपालिकामा १४१, नेचा सल्यान गाउँपालिकामा २२९, महाकुलुङ गाउँपालिकामा १३५, खुम्बु पासाङल्हामु गाउँपालिकामा ७७ र सोताङ गाउँपालिकामा १५५ घरधुरीले अनुदान प्राप्त गर्ने छन् । खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं २ मा भने यसअघिनै जस्तापाताको छानो रहेको गाउँपालिकाले जनाएको छ ।
बैठकमा सङ्घीय सांसद राईले गरिबीको रेखामुनि रहेका र छानो फेर्न नसक्ने विपन्न वर्गलाई यस कार्यक्रमले राहत मिल्ने बताए । सोलुखुम्बुको लागि बढी सङ्ख्यामा माग गरिएको भए पनि पहिलो चरणमा एक हजार २८९ घरधुरीका लागि बजेट प्राप्त भएको उनको भनाइ छ । जसको कार्यान्वयन स्थानीय सरकारले नै बताइएको छ ।
त्यसैगरी बैठकमा जिल्ला समन्वय समिति, सोलुखुम्बुका प्रमुख वीरकुमार राईले खर, काठ वा ढुङ्गाको छानो जोखिमपूर्ण हुने भएकाले सुरक्षित नागरिक आवास कार्यक्रम प्रभावकारी हुने बताए । सोलुखुम्बुमा सञ्चालन हुने यस कार्यक्रमअन्तर्गत सबै जस्तापाता हरियो घाँसे रङको प्रयोग गरिने भएको छ । वातावरणमैत्री र प्रभावकारीरुपमा कार्यक्रम सञ्चालनका लागि हरियो ‘घाँसे’ रङको जस्तापाता प्रयोग गर्ने निर्णय गरेको सांसद राईले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय
बैशाख ४, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डले स्वीच थिचेर गरे नागढुंगा सुरुङमार्ग छिचोलिएको घोषणा
बैशाख ३, २०८१ सोमबार
नागढुंगा सुरुङमार्गमा गाडी चलाउन अझै एक वर्ष कुर्नुपर्ने
बैशाख ३, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार