वार्ताको सफलताका लागि अफगान सरकार प्रतिबद्ध छ
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार १९:३०:१५
२४ असोज, काबुल । अफगानिस्तानको सरकारी वार्ता टोलीका संयोजकले अफगानिस्तानको सरकारले तालिबानीसँगको वार्ताको सफलताका लागि सक्दो प्रयास गरेको बताएका छन । उनले भनेका छन– देशका शान्ति स्थापना गर्ने कार्यका लागि अफगानिस्तानको सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको छ र यसका लागि सरकारको तर्फबाट सक्दो मात्रामा लचकता पनि अपनाइएको छ ।
अफगानिस्तानको सरकारी वार्ता टोलीका संयोजक मोहम्मद मसुन स्टानेक्जीले अफगानिस्तानको सरकारले शान्ति वार्ताका लागि अपनाएको धैर्यता प्रशंसनीय छ भनेका हुन । उनले अफगानिस्तानमा विगत लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले नै सरकारले वार्ताको प्रक्रिया थालेको बताए । अफगानिस्तानमा जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्न कतारको राजधानी दोहामा अफगान सरकार र तालिबानीका प्रतितिधिहरुबीच वार्ता शुरु भएको हो । अफगान वार्ता टोलीका संयोजक मसुनले अफगानिस्तानको सरकारको शान्ति स्थापना गर्ने प्रतिबद्धतालाई कसैले पनि असर पार्न नसक्ने बताए ।
उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, – अफगानिस्तानको सरकारले शान्ति वार्ताका माध्यमबाट अफगानिस्तानमा दिगो शान्ति स्थापना गर्न चाहन्छ र यो प्रतिबद्धताका साथ सरकार लागेको छ । अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबानी समूहसँगको वार्ता टोली शान्ति वार्ताका लागि अहिले पनि कतारको दोहा रहेका छन् ।अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिबान समूहसँग अफगानिस्तान सरकारले वार्ता थालेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको युद्ध अन्त्य गर्न र सेनालाई स्वदेश फिर्ता लिनको लागि तयार भएपछि यो वार्ताको वातावरण बनेको हो । अमेरिकाले पनि अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने एउटा पहल भएको बताएको छ । गएको फेब्रुअरी महिनामा संयुक्तराज्य अमेरिकासँग भएको सम्झौतापछि अमेरिकी सरकारले तालिबानहरुका मागहरु सम्बोधन गरेको थियो र त्यसपछि वार्ताका लागि दुवै पक्ष तयार भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार