सर्लाहीमा टोकन प्रणालीमा नागरिकता वितरण
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार १९:४९:५७
२४ असोज, सर्लाही । जिल्लामा नागरिकता लिनेको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले टोकन प्रणालीको शुरुआत गरेको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवा, इलाका प्रशासन कार्यालय हरिवन र इलाका प्रशासन कार्यालय बरहथवामा नागरिकता बनाउनेको चाप बढेको अवस्थालाई मनन् गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले टोकन प्रणालीमा काम शुरु गरे ।
कोरोना महामारी केही सहज भए पनि सामान्य स्वास्थ्य मापदण्ड पालना नगरी भीडभाड बढेको भन्दै टोकन प्रणालीमा काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । नयाँ नागरिकताका लागि असोज ३० गतेसम्म र प्रतिलिपिका लागि असोज २३ गतेसम्मको टोकन बाँडिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
नागरिकता बनाउन चाहिने कागजात लिएर तोक लगाई, टोकनमा उल्लेख गरिएको मितिमा नागरिकता लिन आउने गरी सेवाग्राहीलाई घर पठाउने गरिएको प्रजिअ पौडेलले बताए । उनका अनुसार इलाका प्रशासन कार्यालय हरिवन र बरहथवामा पनि टोकन प्रणालीको शुरु गरिएको छ ।
देशकै सबैभन्दा धेरै स्थानीय निकाय रहेको सर्लाहीमा नागरिकताबाहेक अन्य सेवा पहिलेकै प्रक्रियामा प्रवाह भइरहेको प्रजिअ पौडेलले बताए । हरिपुर र ईश्वरपुरका केही वडासहित दक्षिणी भेगका १४ वटा पालिकाले नागरिकलाई पूरै सेवा प्रवाह गर्दै आएका छन् ।
इलाका प्रशासन कार्यालय हरिवन र बरहथवाले जिल्लाका छ वटा स्थानीय निकायका सेवाग्राहीलाई सेवा प्रदान गरिरहेको छ भने बाँकी रहेको १४ वटा स्थानीय निकायका सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयले सेवा प्रदान गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयबाट अहिले दैनिक करिब १२० वटा र इलाका प्रशासन कार्यालय बरहथवा र हरिवनले दैनिक ४५–६० वटा नागरिकता वितरण गरिरहेका छन् ।
इलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख राजेश रायले लकडाउन र निषेधाज्ञाले पाँच महिना बढी खप्टिएको काम अहिले आएर एकैपटक गर्नुपर्दा अत्यधिक चाप रहेको बताए । केही सातादेखि इलाका प्रशासन कार्यालय हरिवनमा प्रमुख नहुँदा हरिवनबाट वितरण हुने नागरिकता पनि बरहथवाबाटै हस्ताक्षर गराएर काम गरिरहेको इलाका प्रशासन कार्यालय बरहथवाका प्रमुख रायले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्नेस्टी इन्टरनेसनलले भन्यो, सन्तोषजनक छैन विश्वमा मानव अधिकारको अवस्था
बैशाख १२, २०८१ बुधबार
उपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार
ट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार