एकिकरणको अभियानमा गोलबद्व हुनु आजको आवश्यकता
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार २१:२१:२८
1.5 k
Shares
शान्ति र समृद्धि एकअर्काका “परिपुरक” र “अन्तरसम्बन्धित” छन । जहाँ “समृद्धि” हुन्छ, त्यहाँ “शान्ति” हुन्छ । समृद्धिकाे अभाबमा शान्तिकाे कल्पनासम्म गर्न सकिँदैन । शान्ति नभई “विकाश” पनि सम्भब छैन । नेपाल लगायत पुर्बि एशियाका राष्ट्र र यहाँका जनताहरू शान्ति र समृद्धि प्राप्तिका लागि दशकाैं देखि भाैतारिरहेका भएतापनि त्यसकाे एकमात्र मार्ग र गन्तब्य “एकीकरण” भएकाे र त्याे नै पहिलाे र अन्तिम शर्त भएकाले उल्लेखित राष्ट्रहरू एक-अर्कामा सिमाविहिन(Border less) हुनु आजकाे आवश्यकता हाे ।
“अशान्ति”काे कारण आर्थिक अथवा “गरिबी” हाे । लगभग ९० प्रतिशत अशान्तिकाे कारक गरिबी र दरिद्रता हाे । जबसम्म गरिबी र दरिद्रता रहन्छ, तबसम्म परिवार, समाज र देशमा अशान्ति,अस्थिरता रहिरहने छ । शान्तिका लागि गरिबी र दरिद्रता हटाउनु पहिलाे र अन्तिम शर्त हाे । त्यसकालागि दक्षिण र पुर्बि एशियाका राष्ट्र र जनताहरू उत्साहका साथ एकिकरणकाे पबित्र यात्रामा हाेमिनु आजकाे अन्तिम बिकल्प हाे ।
जुनकुरा “एक्लै” प्राप्तगर्न कठिन हुन्छ, त्यहिकुरा “समुह”द्वारा सजिलै प्राप्तगर्न सकिन्छ र भनेजस्ताे-चाहेजस्ताे परिवर्तन र उपलब्धि हासिलगर्न सकिन्छ । समुहद्वारा “शक्ति” निर्माण हुन्छ र प्राप्त भएकाे त्यहि शक्तिले ठुला-ठुला उपलब्धि हासिलगर्न सकिन्छ । “शक्ति” एकिकृत भएर प्राप्त गर्न सकिन्छ, बिभाजित भएर हाेईन ! अत:पबित्र भाबनाले एकिकरणकाे अभियानमा गाेलबद्व हुनु आजकाे आवश्यकता हाे ।
सामुहिक हितका लागि एक भएर उठ्न जरूरी छ । यहि सामुहिक भावना दक्षिण-पुर्वि एशियाका देश र जनतामा जागृतगर्न जरूरी छ, यि मुलुकहरू एकीकरणगर्दा नै बढी भन्दा बढी लाभ “प्राप्त” हुन्छ । राष्ट्रहरू एकीकृतगर्दा सबैकुरा गुम्छ ! भन्ने मान्यता राख्नु संकिर्ण साेचकाे उपज मात्र हाेईन बाधक पनि हाे । अत:समृद्धि प्राप्तगर्न याे क्षेत्रका देश र जनताहरूलाई एकिकरणकाे पथमा अवतरणगर्नु-गराउनु आजकाे निशर्त आवश्यकता हाे ।
श्यालकाे “बथान” देख्दा बाघ तर्सिन्छ, त्यहि श्याल “एक्लाे” छ भने बाघसँग पराजित हुन्छ ।त्यसकारण एक्लै भएर हाेईन,”समुह” बनाएर आर्थिक, राजनितिक लगायतकाे शक्ति हासिल हुने भएकाले एकीकृत हुनु आजकाे आवश्यकता हाे । यसका लागि सबैभन्दा पहिला याे क्षेत्रका जनताले आफ्नाे राष्ट्रिय “स्वार्थ” र आफुभित्र रहेकाे “संकिर्ण” साेचलाई पहिचान र त्यागगरी टुक्रा-टुक्रामा बिभाजित भएर रहेका नेपाल, बंलादेश,भुटान,म्यानमार, लाओस,थाईल्याण्ड, कम्बाेडिया, भियतनाम जस्ता देशहरू एकीकृत भएर जानुपर्ने परिस्थिति बिकसित भईसकेकाे छ ।
1.5 k
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार