अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकलाको नतिजा सार्वजनिक
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार २१:२९:४२
२४ असोज, काठमाडौं । नेपाल एष्ट्रोनोमिकल सोसाइटी ‘नासो’ ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको अवसरमा सञ्चालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।
चित्रकलातर्फ किड्स लर्निङ स्कूल, काठमाडौँकी कक्षा ८ मा अध्ययनरत छात्रा सुश्री रीना चौधरी पहिलो, बूढानीलकण्ठ स्कूल, काठमाडौंमा कक्षा ८ मा अध्ययनरत सुश्री नीति पछाईँले दोस्रो तथा न्यू होराइजन सेकेन्डरी स्कूल बेनी म्याग्दीमा कक्षा ६ मा अध्ययनरत प्रदीप रेग्मीले तेस्रो स्थान हसिल गरेका छन् । प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।
वक्तृत्वकलातर्फ केफ सेकेन्डरी स्कूल पोखराका सौगत गौतम पहिलो, ट्रिनिटी इन्टरनेशनल स्कूल काठमाडौँका रोहन भट्टराई दोस्रो तथा लिटल एञ्जेल्स स्कूलकी सुश्री रोमिया वैद्यले तेस्रो स्थान हासिल गरेका छन् । ती विद्यार्थीलाई पुरस्कारस्वरुप क्रमशः नगद रु १० हजार रु पाँच हजार तथा रु तीन हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए ।
प्रतियोगितामा सातै प्रदेशका विभिन्न विद्यालयमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीले आफ्ना प्रस्तुति तथा चित्रकला सोसाइटीको वेइभसाइटमार्फत पठाएका थिए । चौथो राष्ट्रिय अन्तरिक्ष चित्रकला प्रतियोगिताका लागि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिएका थिए । दोस्रो राष्ट्रिय अनलाइन अन्तरिक्ष वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले आवेदन दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'टिकटक'बारे अमेरिकाले ल्यायो नयाँ कानुन- शेयर बेच्ने की प्रतिबन्ध झेल्ने !
बैशाख १३, २०८१ बिहिबार
भोइजर–१ पुग्यो अन्तरिक्षको २४ बिलियन किमी टाढा, रेडियो सन्देश पठाउन सक्षम
बैशाख १२, २०८१ बुधबार
विश्वमा नै पहिलोपटक चीनले बनायो चन्द्रमाको पुर्ण नक्सा
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार
राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन
बैशाख १३, २०८१ बिहिबार
यस वर्ष लुबाट थाइल्यान्डमा ३० जनाको मृत्यु, तातो मौसमको चेतावनी जारी
बैशाख १३, २०८१ बिहिबार
भलिबल प्रतियोगितामा सहभागी हुन खेलाडी तथा प्रशिक्षक बङ्गलादेश प्रस्थान
बैशाख १३, २०८१ बिहिबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने
बैशाख १३, २०८१ बिहिबार