सिलगढीको नाचन्थली क्षेत्र शिल
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार २१:४२:७
२४ असोज, डोटी । जिल्ला सदरमुकाम सिलगढीस्थित वडा नं ६ नाचन्थली क्षेत्र शिल गरिएको छ । उक्त वडाका समुदायमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शिल गरिएको हो । दिपायल सिलगढी नगरपालिकामा आज बसेको आकस्मिक बैठकले थप कोरोना जोखिम हुन नदिन नाचन्थली क्षेत्र सिल गरिएको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले तत्काल नाचन्थली मोडबाट कालिका मन्दिरसम्मको क्षेत्र शिल गरिएको हो ।
त्यसैगरी संक्रमित भएका व्यक्तिसँगको सम्पर्कमा आएका अन्य व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न कर्मचारी खटाइएको नगरपालिकाले जनाएको छ । उक्त वडामा रहेको कृषि विकास बैंकमा कार्यरत एक व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ ।
सङ्क्रमित व्यक्तिलाई घरमा आइसोलेट गरिएको बैंकका प्रमुख दीर्घबहादुर शाहले जानकारी दिए । पछिल्लो समय यहाँका समुदायमा समेत कोरोना देखिन थालेपछि सबै नागरिकलाई सावधानी अपनाउन नगरपालिकाले आग्रह गरेको छ । जिल्लामा हालसम्म एक हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् ।
पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी
जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिकाको कार्यालयमा रहेका जनप्रतिनिधि तथा कर्मचारी कार्यालय बन्द गरेर शुक्रबार पिकनिक खान गएको जनाउँदै नेपाल विद्यार्थी संघ पूर्वीचौँकी गाउँ एकाइ समितिले तालाबन्दी गरेको हो । नागरिकका कामलाई लथालिङ्ग राख्दै गाउँपालिकाका जनप्रतिनिधि, कार्यालय प्रमुख, स्वास्थकर्मी गाउँपालिकाको गाडी लगेर पिकनिक खान छिमेकी जिल्ला अछामको कैलाशखोला गएको पाइएकाले आफूहरुले कार्यालयमा तालाबन्दी गरेको नेविसङ्घ पूर्र्वीचौँकी गाउँ एकाइ समितिका सभापति रेशमविक्रम खड्काले जानकारी दिए ।
उनले भने, “नागरिकको सेवा गर्नका लागि खटिएका जनप्रतिनिधि तथा कर्मचारी सरकारी गाडी लिएर पिकनिक खान गएकाले हामीले तालाबन्दी गरेका हौँ, नागरिकको काममा बाधा गर्न र सरकारी सम्पत्ति दोहन गर्न पाइँदैन ।”
गाउँपालिकामा गरिएको तालाबन्दीबारे आफूलाई जानकारी नभएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनले भने, “आज शुक्रबार कार्यालयको काम सकिएपछि कर्मचारी कहीँकतै गएको हुन सक्छन्, कार्यालय समय सकिएपछि गएको विषयलाई ठूलो बनाउन जरुरी छैन, हामीले जनताको सेवा प्रभावित हुने काम गरेका छैनौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु
चैत १५, २०८० बिहिबार
अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
चैत १२, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार