शनिबार , कार्तिक १५, २०७७

जसपाको महानगर स्तरीय अगुवा भेला सम्पन्न, मधेशको मुद्दालाई सम्बोधन गराउन लागिपर्ने उद्घोष !

जसपाको महानगर स्तरीय अगुवा भेला सम्पन्न, मधेशको मुद्दालाई सम्बोधन गराउन लागिपर्ने उद्घोष !

२४ असोज, बीरगन्ज । जनता समाजवादी पार्टीको महानगर स्तरीय अगुवा भेला सम्पन्न भएको छ । तत्कालिन राष्ट्रिय जनता पार्टीका महानगर अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा सम्पन्न बैठकमा तत्कालिन राजपाका बीरगन्ज महानगरका ३२ वटै वडाका अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

पार्टीको एकिकरण पछिको बदलिँदो अवस्था र पार्र्टीको निती तथा कार्यक्रम गाउँगाउँ र टोलटोलमा पुर्याउने र जसपालाई देशकै वैकल्पीक शक्ति बनाउनमा यहाँका नेता तथा कार्यकर्ताहरुको पनि उल्लेख सहभागिता हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । साथै यहि असोज २६ र २७ गते पार्टिका केन्द्रिय नेतागणको विशेष उपस्थितीमा पर्सामा हुने कार्यक्रम भव्य र सम्य रुपमा सम्पन्न गर्न जोडतोडका साथ सहभागि हुने निर्णय गरिएको जनाइएको छ ।

कार्यक्रममा तत्कालिन राजपाका केन्द्रिय उपाध्यक्ष अधिवक्ता सुरेन्द्र कुर्मी, प्रदेश सांसदहरु रमेश प्रसाद कुर्मी, डा. अन्जु यादव, जसपाका नेताहरु शिव पटेल, रम्भा मिश्र, मुन्नी श्रीवास्तव, रेखा घिमिरे, तत्कालिन राजपाका जिल्ला अध्यक्ष जगदिश पटेल, जिल्ला सचिव राजेश साह, बिरेन्द्र यादव, अनिरुद्ध कलवार, रम्तुल्लाह खान, रासनारायण मिश्र, युवा नेता शेख मुन्न, कमला तिमिल्सीना, महम्मद भोला, विद्यार्थी नेता फिरोज बादशाह लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले पार्र्टीलाई जनप्रिय बनाउन जनताको समस्याको समाधान गर्दै जानुपर्ने र मधेशको मुद्दालाई सम्बोधन गराउन लागिपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण नगर कोषाध्यक्ष पन्नालाल पटेलले गरेका थिए भने स्वागत मन्तव्य नगर सचिव सन्जय पटेलले व्यक्त गरेका थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय