कर्णालीमा थप ११६ जनामा कोरोना संक्रमण
नेपालबहस संवाददाता
असोज २४, २०७७ आइतबार ०:५५:३०
२४ असोज, कर्णाली । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ११६ जनामा कोरोना भाइरस ‘कोभिड–१९’ को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल र चौरजहारी प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षणमा शनिबार ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए ।
“कर्णालीमा कोरोना संक्रमण पुष्टि हुने यो अहिलेसम्मकै सबैभन्दा बढी सङ्ख्या हो”, उनले भने, “पछिल्लो २४ घण्टामा संक्रमितको सङ्ख्या ह्वातै बढेको छ ।” यस भन्दा अघिका दिनहरुमा ११४ जनाभन्दा बढी संक्रमितको सङ्ख्या ननाघेको उनले बताए ।
उनले भने, “जिल्लागत रुपमा कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा सुर्खेतमा सबैभन्दा बढी ७९ जना रहेका छन् । त्यस्तै, दैलेखका १४, रुकुपश्चिमका चार, जुम्ला, सल्यान, कालिकोट, हुम्ला र जाजकोटका दुई-दुई, डोल्पा र मुगुका एक-एक र अन्य प्रदेशका सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।” योसँगै प्रदेशभर कोरोना संक्रमितको सङ्ख्या चार हजार २६८ पुगेको छ ।
जुम्ला प्रयोगशालामा गरिएको परीक्षणमा बाजुराका पाँच जनाको पोजेटिभ रिपोर्टलाई कर्णालीमा समावेश नगरिएको अधिकृत कंडेलले बताए । कर्णालीमा अहिलेसम्म ७९ हजार २५७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा शाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार