प्रदेश नं १ मा थप ५५२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालबहस संवाददाता
असोज २४, २०७७ आइतबार १:५२:२१
२४ असोज, मोरङ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा थप ५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सङ्ख्या अहिलेसम्मकै उच्च रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ६४२ जनाको पिसीआर परीक्षण गर्दा १९४ महिला र ३५८ पुरुष गरी कूल ५५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् । यसरी कोरोना सङ्क्रमण पुष्टि हुनेमा सुनसरीका ३१०, मोरङका १९०, झापाका २६, उदयपुरका पाँच, धनकुटा र संखुवासभाका चार÷चार, खोटाङ, इलाम, ताप्लेजुङ र ओखलढुङ्गाका एक÷एक जना र प्रदेश बाहिरका नौ जना रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सुनसरीका धरानमा ९१ महिला र १२९ पुरुष गरी कूल २२०, इटहरीमा ५०, इनरुवामा २१, दुहवीमा सात, रामधुनीमा छ, बराहक्षेत्रमा तीन, देवानगञ्ज, भोक्राहानरसिंह र गढीमा एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् । त्यस्तै मोरङको विराटनगरमा १४५, बुढीगङ्गामा १३, सुन्दरहैचामा १४, कटहरी, धनपालथान र उर्लाबारीमा तीन÷तीन, रङगेली, पथरीशनिश्चरे, ग्रामथानमा दुई÷दुई , केराबारीमा एक र स्थानीय तह नखुलेका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् ।
यसैगरी झापाको विर्तामोडमा आठ, दमकमा सात, मेचीनगरमा छ, भद्रपुरमा तीन, कनकाई र गौरादहमा एक÷एक, उदयपुरको त्रियुगामा चार, स्थानीय तह नखुलेका एक, धनकुटाको साँधुरीगढीमा तीन, स्थानीय तह नखुलेका एक, संखुवासभाको खाँदबारीमा चार, खोटाङको खोटेहाङमा एक, इलामको इलाममा एक, ताप्लेजुङमा एक र ओखलढुङ्गामा एक जना तथा प्रदेश बाहिरका नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो प्रदेशमा हालसम्म नौ हजार ८९२ जना कोरोना सङ्क्रमित छन् । आज ११ जना उपचारपछि निको भएर घर फर्केका छन् । अहिलेसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या चार हजार ७८६ पुगेको छ । अहिलेसम्म एक लाख ३६ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार