जलविद्युतका मजदुरकाे आन्दोलन स्थगित
नेपालबहस संवाददाता
असोज २४, २०७७ आइतबार १:५६:४२
२४ असोज, दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाका मजदुरले आन्दोलन स्थगित गरेका छन् । पीसीआर परीक्षण गर्न माग गर्दै शुक्रबारदेखि आन्दोलित मजदुरले आज आन्दोलन स्थगित गरेका हुन् । आयोजनाको दोस्रो प्याकेजअन्तर्गत सिनो हाइड्रोले परिचालन गरेका मजदुरले परिवारसहित आफूहरुको पीसीआर परीक्षण गर्नुपर्ने, पीसीआर परीक्षणको रिपोर्ट नआउँदासम्म क्वारेन्टिन बस्दा पनि सेवा सुविधा पाउनुपर्ने मागसहित आन्दोलन गरेका थिए ।
जलविद्युत् आयोजना, निर्माण कम्पनी र मजदुरबीच भएको छलफलमा पिसिआर परीक्षण गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरेको सिनो हाइड्रो मजदुर युनियनका संयोजक आशिष श्रेष्ठले बताए । “हाम्रो मागमा निर्माण कम्पनी सहमत भएको छ, “एक जना मजदुरलाई कोरोना सङ्क्रमण भएको र पहिलो चरणमा उनको सम्पर्कमा आएकाको पीसीआर परीक्षण गर्ने तयारी भएको छ ।”
निर्माण कम्पनीले पीसीआर परीक्षणका लागि काठमाडौंबाट स्वास्थ्यकर्मीको टोली मगाएको र आफूहरु त्यसकै प्रतिक्षामा रहेको मजदुर मोतीकुमार श्रेष्ठले बताए । सिनो हाइड्रोले विद्युत्गृह निर्माणका लागि २२८ मजदुर परिचालन गरेको छ । त्यसमध्ये १९५ क्याम्पभित्रै र बाँकी क्याम्प बाहिर घरमै बस्ने गरेका छन् । “घर जानेहरुको परिवारका सदस्य पनि जोखिममा रहने भएकाले परिवारका सदस्य सहित सबैको पिसिआर परीक्षण गर्नुपर्ने हाम्रो माग हो,” श्रेष्ठले भन्नुभयो । पिसिआर परीक्षणको रिपोर्ट नआउँदासम्म आफूहरु काममा भने नजाने श्रेष्ठले बताए ।
विद्युत्गृह निर्माणका लागि तनहुँ, लमजुङ, हेटौंडा, बर्दिया, झापा, उदयपुरलगायत धेरै जिल्लाका मजदुर छन् । त्यसमध्ये स्थानीय करीब १५० जना छन् भने अन्य बाहिरी जिल्लाका हुन् । तनहुँ जलविद्युत आयोजनाका प्रमुख अच्युत घिमिरेले निर्माण कम्पनी र मजदुरबीच आज बिहान भएको छलफल सकारात्मक रहेर मजदुरले आन्दोलन स्थगित गरेको जानकारी दिए । “काठमाडौंबाट टोली मगाएर पिसिआर गर्ने तयारी हुँदैछ,” उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा मर्मत भएन गण्डक जलविद्युतको टर्वाइन
चैत ८, २०८० बिहिबार
दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण
चैत ८, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
चैत १६, २०८० शुक्रबार
सुदूरपश्चिम सरकारबाट नबाहिरिए दलका नेता चौधरीलाई कारवाही गर्ने रञ्जिताको चेतावनी
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार