व्यास नगरपालिकामा आइपुग्यो पोर्टेल पीसीआर मेसिन
नेपालबहस संवाददाता
असोज २४, २०७७ आइतबार ३:५९:३७
२४ असोज, तनहुँ । कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने पोर्टेल पीसीआर मेसिन तनहुँको व्यासनगरपालिकामा आइपुगेको छ । रोटरी इन्टरनेशनलले आज व्यासनगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेलाई उक्त मेसिन हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस सङ्क्रमणको दर तीव्र बन्दै गएपछि नगरपालिकामा पीसीआर मेसिन आवश्यक भएकाले उक्त मेसिन नगरपालिकालाई हस्तान्तरण गरिएको रोटरी इन्टरनेशनलले जनाएको छ । एक स्थानबाट अर्को स्थानसम्म सजिलै लैजान सकिने उक्त मेसिनको मूल्य रु। १२ लाख ५० हजार रहेको बताइएको छ ।
उक्त मेसिनबाट चौविस घण्टामा ६४ जनाको पीसीआर परीक्षण गर्न सकिने नगरप्रमुख न्यौपानेले बताए । उनका अनुसार उक्त मेसिन दमौली अस्पताललाई हस्तान्तरण गरिने छ । मेसिन आएसँगै जिल्लावासीमा खुशीयाली छाएको बताइएको छ ।
क्षेत्री भवनमा क्वारेन्टाइन
यसैगरी व्यास नगरपालिका–१ लिचीघारीस्थित क्षेत्री भवनमा क्वारेन्टाइन निर्माण गरिएको छ । नजिकिदै गरेको चाडपर्वमा देशविदेशबाट आउने जिल्लावासीलाई लक्षित गरी सो भवनमा व्यवस्थित क्वारेन्टाइन निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
उक्त भवनमा करिब ७० देखि ८० जनासम्म अटाउने क्षमताको क्वारेन्टाइनमा निर्माण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । उनले भने, “स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेका कारण कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
चितवनमा दश महिनापछि देखियो कोरोना, दुई जना संक्रमित
माघ २, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार