बुधबार , कार्तिक १२, २०७७

स्वास्थ्य प्रमुख सम्मानित, पाटन नगरपालिका उत्कृष्ट

स्वास्थ्य प्रमुख सम्मानित, पाटन नगरपालिका उत्कृष्ट

२४ असोज, बैतडी । बैतडीको पाटन नगरपालिका स्वास्थ्य सेवा जिल्लाका १० ओटै स्थानीय तहमध्येकै उत्कृष्ट ठहरिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले वार्षिक समीक्षामा आज नगरपालिकालाई उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृत एवम् सम्मानित गरेको हो ।

मुख्यमन्त्री त्रिलोचन भट्टले पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दलाई नगरपालिकाले प्राप्त गरेको ४० हजार पुरस्कार र सम्मानपत्र एक कार्यक्रमकाबीच हस्तान्तरण गरे । प्रदेशको स्वास्थ्य निर्देशनालयले ९ ओटै जिल्लाका स्थानीय तहमध्ये प्रत्येक जिल्लाका एक एकओटा स्थानीय तहहरुलाई स्वास्थ्य क्षेत्रका उत्कृष्ट स्थानीय तहको रुपमा पुरस्कृत गरेको हो । स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा गरेको योगदान, कार्यक्रम कार्यान्वयनलगायत विषय हेरर स्थानीय तहहरुलाई अङ्क दिएर उत्कृष्ट छनोट गरिएको जनाएको छ ।

यस्तै प्रदेश स्वास्थ्य निर्देशनालयले छनोटका आधार तय गरेको र ती आधारमा उच्च अङ्क प्राप्त गर्ने पालिकालाई स्वास्थ्य क्षेत्रका उत्कृष्ट पालिकाको रुपमा पुरस्कृत एवम् सम्मान गरिएको हो । जिल्लाका १० ओटै स्थानीय तहमध्ये स्वास्थ्य क्षेत्रमा पाटन नगरपालिका उत्कृष्ट भएकाले सबैको सहयोगले यो उपलब्धि हाँसिल भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए ।

स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्ट र स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीलाई उत्कृष्ट कार्यालय प्रमुखको रुपमा पुरस्कृत एवम् सम्मानित गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको सम्मानले आफूमा अझै थप जिम्मेवारी थपिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

यस्तै कोभिड–१९ को महामारी नियन्त्रणमा भूमिका खेलेको भन्दै स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति एवम् जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशी पनि पुरस्कृत एवम् सम्मानित भएका छन । यस्तै हाट जिल्लाको स्वास्थ्यचौकीका ल्याब असिष्टेन्ट डम्बर कुँवर पनि सम्मानित एवम् पुरस्कृत हुनुभएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले ९ ओटै जिल्लाका विभिन्न पदमा काम गरिरहेका स्वास्थ्यकर्मीलाई पुरस्कृत एवम् सम्मानित गरेको हो ।

यसैबीच कञ्चनपुरको बेदकोट नगरपालिका, कैलालीको टिकापुर नगरपालिका, डडेल्धुराको नवदुर्गा गाउँपालिका, डोटीको आदर्श गाउँपालिका, अछामको रामारोशन गाउँपालिका, बाजुराको गौमुल गाउँपालिका, बझाङ्गको जयपृथ्वी नगरपालिका र दार्चुलाको नौगाड गाउँपालिका पनि उत्कृष्ट पालिकाको रुपमा पुरस्कृत भएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

चीनले पाँच दिनमा ९० लाखको कोरोना परीक्षण गर्ने चीनले पाँच दिनमा ९० लाखको कोरोना परीक्षण गर्ने २ हप्ता पहिले
आजदेखि दशैंका सुपथ मुल्य पसल सञ्चालन आजदेखि दशैंका सुपथ मुल्य पसल सञ्चालन ४ हप्ता पहिले
बनेपामा ५६ वर्षीय संक्रमित पुरुषको मृत्यु बनेपामा ५६ वर्षीय संक्रमित पुरुषको मृत्यु ४ दिन पहिले
फेसबुकमा अश्लील गाली गर्ने पूर्वडीएसपीलाई ५० हजार जरिवाना ! फेसबुकमा अश्लील गाली गर्ने पूर्वडीएसपीलाई ५० हजार जरिवाना ! ३ हप्ता पहिले
कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना पुष्टि कर्णाली प्रदेश प्रमुख कलौनीलाई कोरोना पुष्टि ४ हप्ता पहिले
कांग्रेसको विरोधपछि दशैंँ भत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय कांग्रेसको विरोधपछि दशैंँ भत्ता कोरोना कोषमा जम्मा गर्ने नेकपाको निर्णय १ हप्ता पहिले
लगातार दुई दिनदेखि “ईण्ट्राडे हाईमा” बन्द भएको बजारमा कहाँनिर छ निकै ठूलो प्रतिरोध ? लगातार दुई दिनदेखि “ईण्ट्राडे हाईमा” बन्द भएको बजारमा कहाँनिर छ निकै ठूलो प्रतिरोध ? ७ दिन पहिले
दशैँ घरपरिवारमा मात्र मनाउनु नै संक्रमणबाट बच्ने उपयुक्त उपाय : नेता सिंह दशैँ घरपरिवारमा मात्र मनाउनु नै संक्रमणबाट बच्ने उपयुक्त उपाय : नेता सिंह ३ दिन पहिले