के तपाईलाई खोकी लाग्ने कफ जम्ने समस्या छ ?
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार १२:३०:२६
२५ असोज, काठमाडौं । यो समय मौसम बद्लिने हो । यो समयमा सामन्य स्वास्थ्य समस्या देखापर्छ । कसैलाई रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, कफ जम्ने, जोर्नी दुख्ने आदि । कतिपय अवस्थामा घरेलु उपचारबाट पनि यस्ता समस्याहरुबाट छुटकारा पाउन सकिन्छ । यदि तपाईलाई पनि खोकी लाग्ने कफ जम्ने समस्यामा यी छन भने यी घरेलु उपचार प्रभावकारी हुनसक्छ ।
मह र कागती
एक चम्चा अर्गानिक मह र २ चम्चा कागतीको रस मिसाएर पिउनुपर्छ । यसले घाँटीलाई आराम पुर्याँउछ । महमा एन्टीब्याक्टेरियल र एन्टी फंगल गुण पाइन्छ । त्यस्तै कागतीमा भिटामिन सीको भरपुर मात्रा पाइन्छ जसले घाँटीलाई तुरुन्त आराम पुर्याउँछ ।
मरिच
मरिच केही पिरो र स्वादमा तिख्खर हुन्छ । यो श्वासप्रशवसको समस्या समाप्त गर्नको लागि आयुर्वेदमा चमत्कारी औषधि मानिन्छ । यसले कफलाई समाप्त गरिदिन्छ ।
मरिचमा पाइपरलांगमाइन नामक रसायनिक तत्व पाइन्छ र यसले हाम्रो शरीरमा एन्जाइम बन्नबाट रोक्छ । शरीरमा बन्ने एन्जाइमले खोकी र यसको इन्फेक्सनलाई बढाउँछ जुन कफको कारण बन्छ । दैनिक एक कप पानीमा २० दाना जति मरिच उमाल्नुहोस् र फेरि त्यसमा मह मिसाएर पिउन सकिन्छ ।
तातो पानी
कफ जमेको स्थितीमा हल्का तातो पानी पिउनुपर्छ । यसले छाती र घाँटीमा जमेको कफको मात्रालाई कम गर्छ । कागती पानी वा कागतीको चिया पिएर पनि आफूलाई हाइड्रेट राख्न सकिन्छ ।
नुनपानीले कुल्ला
नुन पानीले कुल्ला गर्नाले घाँटीलाई राहत मिल्छ र घाँटीमा जमेको कफ सफा हुन्छ । यसले घाँटी सफा हुन्छ र घाँटीमा भएका सबै किटाणु पनि मर्छन् ।
बेसार
तातो पानीमा एक चम्चा बेसार मिसाउनुपर्छ । बेसामा कुरक्युमिन नामक एक तत्व पाइन्छ । जसमा धेरै नै शक्तिशाली एन्टीब्याक्टेरियत गुण हुन्छ । यसले कफलाई पातलो बनाउन मद्धत गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार