सिटामोल जथाभावी प्रयोग गर्दा जोखिम बढ्ने
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १२:१६:४८
२४ असोज, काठमाडौं । पछिल्लो समय कोरोना माहामारी गर्दा अस्पताल आउजाउ गर्न सहज छैन । त्यही कारण सानोतिनो समस्या हुँदा कतिपयले आफुखुसी औषधि सेवन गरिरहेका हुन्छन् । यसमा पनि धेरैले प्यारासिटामोलको प्रयोग गरेका छन् । तर प्यारासिटामोल पनि जथाभावी रुपमा गर्दा जोखिम बढ्ने पाइएको छ ।
बजारमा सजिलै उपलब्ध हुने र यसको खासै कुनै तुरुन्त साइड इफेक्ट नहुने भन्ने ठानेर पनि मानिसहरु सिटामोललाई रोग निको पार्ने सजिलो उपायको रुपमा प्रयोग गर्छन् । तर कम समयको लागि प्रयोग गरिने यस्तो औषधिको निरन्तर सेवनले गंभिर समस्या समेत निम्त्याउँछ । यसको अत्याधिक प्रयोगले मिर्गौला, कलेजो लगायत शरीरका विभिन्न अंगहरुमा गम्भीर असर पुग्ने गर्छ ।
चिकित्सकहरुका अनुसार दैनिक तीन ग्राम भन्दा बढी प्यारासिटामोलको प्रयोग स्वास्थ्यका लागि घातक हुनसक्छ । विना चिकित्सकको सल्लाह गर्भवती महिलाले प्यारासिटामोलको सेवन गरेमा यसले गर्भमा रहेको शिशुको शारीरिक विकासमा अवरोध पैदा हुन्छ ।
दुखाई कम गर्न प्रयोग गरिने प्यारासिटामोलको प्रयोग लामो समयसम्म गरेमा यसले मिर्गौलालाई क्षति पु¥याउन सक्छ । लामो समयसम्म प्यारासिटामोलको प्रयोगले पेटमा वायु हुनसक्छ । त्यस्तै, अपच वा पेट भारी भएको महसुस हुनसक्छ । त्यस्तै, केही व्यक्तिमा सिटामोलको अत्याधिक सेवनले छाला रातो हुने, छाला चिलाउने, पोल्ने लगायतको समस्या हुनसक्छ, जुन छालाको एलर्जीका कारण हुने गर्छ ।
हल्का ज्वरो आएमा वा ज्वरो कम गर्न परेमा बालबालिकालाई प्यारासिटामोल दिइने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार बच्चालाई १०१ डिग्री ज्वरो आएपछि मात्र प्यारासिटामोल दिनु पर्दछ । पहेलोपना, जण्डिस वा कलेजो सम्बन्धि समस्यामा चिकित्सकको सल्लाह विनै प्यारासिटामोलको सेवन गर्नाले कलेजो अरु खराब हुनसक्छ । यस्तो समस्या भएमा आफै औषधी खानु भन्दा पहिले चिकित्सकको सल्लाह लिन जरुरी छ ।
अमेरिकाको सियाटलस्थित फ्रेड हचिङसन क्यान्सर रिसर्च सेन्टरले गएको एक अनुसन्धान अनुसार प्यारासिटामोलको अत्याधिक प्रयोगले प्लड क्यान्सरको जोखिम समेत निम्त्याउने गर्छ ।
यस अनुसन्धानका लागि वासिङ्टन डिसीमा बसोवास गर्ने अनुसन्धानकर्ताहरुले ६५ सय वृद्धवृद्धाको रगतको नमुना परिक्षण गरेको थियो ।करिब छ वर्ष लगाएर गरिएको उक्त अध्ययनमा प्यारासिटामोलको अत्याधिक प्रयोग गर्नेमध्य करिब एक प्रतिशतमा व्लड क्यान्सरको समस्या रहेको पाइएको थियो । एक प्रतिशत मध्य पनि पाँच सय ७७ जना मध्य नौ प्रतिशतले प्यारासिटामोलको प्रयोग अत्याधिक गरेको पाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
भीम रावलको घुम्तीः न घर फर्किन मिल्ने, न घाट जान
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार