झाँक्रीपानीमा फोटो खिच्ने प्रतियोगिता
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १३:४२:३७
२५ असोज, म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–३ स्थित पर्यटकीय स्थल झाँक्रीपानीमा फोटो खिच्ने प्रतियोगिता सम्पन्न भएको छ । झाँक्रीपानीको प्रचारप्रसार र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ बेनी पिस सिटिले शनिबार जिल्लाका मिडियाकर्मीबीच फोटो खिच्ने प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगितामा स्वतन्त्र फोटोग्राफर अनुप बानिया प्रथम र राससका म्याग्दी समाचारदाता सन्तोष गौतम दृतीय भएका थिए । प्रथम र दृतीयलाई प्रमाणपत्रसहित नगद रु दश हजार र रु छ हजार ५०० प्रदान गरिएको थियो । झाँक्रीपानीको प्राकृतिक सौन्दर्य, जैविक विविधता, संस्कृति र जनजीवनमा आधारित फोटो खिच्ने प्रतियोगितामा छ जनाले सहभागिता जनाएका क्लबका अध्यक्ष खम थापाले बताए ।
बिजेता र सहभागीलाई मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, लायन्स क्लब अफ बेनी पिस सिटिका संस्थापक अध्यक्ष राजेश शाक्य, जोन चियर पर्सन हिरा शर्मा लगायतले पुरस्कार बितरण गरेका थिए । समुन्द्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको झाँक्रीपानीको पर्यटन विकास र प्रचारप्रसारका लागि क्लबले प्रर्वद्धनात्मक गतिविधि गर्दै आएको सचिव सन्दीप खत्रीले बताए ।
धौलागिरी, गुर्जा, पुथा, मानापाथी, निलगिरी, अन्नपूर्ण, बराह शिखर र माछापुच्छ«े हिमाल, सूर्योदय, सूर्यास्त, पश्चिम म्याग्दीका अधिकांश बस्ती र भूगोलको झाँक्रीपानीबाट दृष्य अवलोकन गर्न सकिन्छ । झाँक्रीपानीमा भ्यू टावर, पदमार्ग, सामुदायिक भवन निर्माण र घरबास सञ्चालन गरिएको मङ्गला गाउँपालिकाका उपाध्यक्ष केसीले बताए । उनका अनुसार गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । पोकदेखि नेटासम्म पदमार्ग निर्माण भैसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार