नवदुर्गा गाउँपालिका उत्कृष्ट घोषित
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १५:४०:४७
२५ असोज, डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषित भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले आयोजना गरेको सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाको स्वास्थ्यतर्फको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा डडेल्धुराको नवदुर्गा गाउँपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो ।
सात स्थानीय तह रहेको डडेल्धुरामा नवदुर्गाले दिएको स्वास्थ्य सेवा सन्तोषजनक रहेको पाइएकाले जिल्लाको उत्कृष्ट घोषणा गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयले उत्कृष्ट घोषणा गरेसँगै शनिबार गाउँपालिकालाई प्रमाणपत्र तथा रु ४० हजार नगद प्रदान गरिएको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले बताए ।
गाउँपालिकाको सुरक्षित मातृत्व, बाल स्वास्थ्य सेवा, खोप सेवा, पोषण सेवा, परिवार नियोजन, संस्थागत सुत्केरीलगायत कार्यक्रम सन्तोषजनक रहेको र तथ्याङ्क अभिलेखीकरणदेखि पोषणको क्षेत्रमा राम्रो काम गर्दै आएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरञ्जिताको इच्छाविपरित सुदूरपश्चिममा नाउपाका ५ मन्त्री
चैत १५, २०८० बिहिबार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु
चैत १५, २०८० बिहिबार
अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु
चैत १२, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार