स्थानीय तहमा कृषि उत्पादन केन्द्र
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १५:४२:५८
२५ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका स्थानीय तहहरुमा कृषि उत्पादन केन्द्र ‘ब्लक’ सञ्चालन हुने भएको छ । दुवै जिल्लाको सबै स्थानीय तहमा एक–एक वटा ब्लक सञ्चालन गरिने कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ ।
चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत लागत साझेदारीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, व्यावसायिक ब्लक कार्यक्रमका लागि प्रस्ताव दर्ता गर्न किसानसँग कार्यालयले अनुरोध गरेको छ । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं ६, ७ र ११, बनेपा नगरपालिका वडा नं १, पाँचखाल नगरपालिका वडा नं २, ३, ६ र १२ र धुलिखेल नपा वडा नं १, २ र ३ मा तरकारी ब्लक सञ्चालन गरिने कार्यालयका प्रमुख तेजप्रसाद दुवाडीले बताए ।
उनका अनुसार रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका, खानीखोला गाउँपालिका, तेमाल गाउँपालिका र महाभारत गाउँपालिकामा मकै ब्लक सञ्चालन हुने बताइएको छ । यस्तै भुम्लु गाउँपालिका वडा नं २ र ३ मा सुन्तला र बेथानचोक गाउँपालिका वडा नं ५ मा चिया ब्लक सञ्चालन हुनेछ ।
यसैबीच सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ४ र ७, त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ६ र पाँचपोखरी गाउँपालिका वडा नं ३, ४ र ७ मा तरकारी ब्लक सञ्चालन हुनेछ । मेलम्ची नगरपालिकामा किवी, हेलम्बु गाउँपालिकामा स्याउ र चौतारा साँगाचोकगढी नगरपालिकामा चिया ब्लक सञ्चालन हुने बताइएको छ ।
यस्तै लिसङ्खुपाखर गाउँपालिका, जुगल गाउँपालिका र भोटेकोशी गाउँपालिकामा आलु ब्लक सञ्चालन हुनेछ भने सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र इन्द्रावती गाउँपालिकामा मकै ब्लक सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
जिल्ला बार एकाइको अध्यक्षमा थिङ निर्वाचित
जिल्ला बार एकाइ सिन्धुपाल्चोकको अध्यक्षमा भूपेन्द्र थिङ अध्यक्षमा निर्वाचित भएका छन । शनिबार भएको एकाइको ३०औँ साधारणसभा तथा १६औँ अधिवेशशनले थिङलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
उनको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा हरि कार्की, सचिवमा शशिनाथ आचार्य, कोषाध्यक्षमा सुनिता तामाङ सर्वसम्मत चुनिए । सदस्यहरुमा दीपक प्रधान, मधुकर मल्ल, यज्ञप्रसाद दङ्गाल हरिप्रसाद सुवेदी र चन्द्रकुमार बस्नेत निर्वाचित भए । त्यस्तै झम्कलाल श्रेष्ठ पार्षद चुनिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार