ओलीको तारिख खेप्दै प्रचण्ड
नेपालबहस संवाददाता
असोज २५, २०७७ आइतबार १८:१७:३९
२५ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हिजोआज बालुवाटार धाउनु दैनिकी बनेको छ । कोरोना संक्रमण व्यापक देखिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिकर्मीको आउजाउ पातलो छ । तर प्रचण्ड भने दिनहुँ तारेख लिने हिसाबमा पुग्छन् ।
एकदुई घण्टा प्रधानमन्त्री केपी ओलीसँग भलाकुसारी गर्छन्, मन्त्रिमण्डल पुनर्गठनको विषयमा गफिन्छन्, तर ओलीलाई कन्भिन्स गर्न चाहिं सक्दैनन् । प्रधानमन्त्री ओलीपनि प्रचण्डका कुरा सुन्छन्, तर सहमत हुँदैनन्, चियानास्ता खाएर फेरि अर्काे दिनको तारिख तोक्छन् र छुट्टिन्छन् ।
यही रीत लामो समयदेखि कायमै छ । चूरो कुरो मिलेकै छैन । त्यसैले दुुवै जना संवाद भइरहेको सन्देश दिन मात्रै तारिख लिनेदिने गरिरहेका छन् । ओली चाहन्छन्– अहिलेका धेरैजसो मन्त्री कायमै रहुन्, तर प्रचण्डको सोच बेग्लै छ । उनी मन्त्रिमण्डल पुनर्गठनको विषयलाई राजनीति गर्ने बलियो हतियारका रुपमा प्रयोग गर्न चाहन्छन् ।
त्यसैले प्रधानमन्त्रीबाहेक सबै मन्त्री फिर्ता बोलाउने उनको सोच छ । खासगरी उनी पूर्व माओवादी पक्षबाट मन्त्री बनेका दुुईजना रामबहादुर थापा र लेखराज भट्टलाई सबक सिकाउन चाहन्छन् । प्रधानमन्त्री ओलीसँगको विवादमा दुवजनाले प्रचण्डलाई खुलेर साथ दिएनन् । अझ भट्टले त प्रचण्डको विरोध नै गरे । त्यसैले उनीहरुको ठाउँमा नयाँ मान्छे पठाउने प्रचण्डको चाहना छ । तर प्रधानमन्त्री ओली भने त्यहीं राजनीति गर्न खोज्दैछन् ।
प्रचण्डलाई कमजोर बनाउने यी दुव पात्र ओलीका प्रिय भएका छन् । त्यसैले थापा र भट्टलाई निन्तरता दिन ओली कस्सिएका छन् । ओलीले यस्तो प्रस्ताव गर्दा प्रचण्डले उनीहरुलाई आफ्नै कोटाबाट राख्नसमेत भनेका थिए । यस्तै सानातिना कुरामा अल्मिलिएकाले पुनर्गठन हुन ढिलाई भएको हो – स्रोतले भन्यो ।
पार्टी उपाध्यक्ष बामदेव गौतमको विषय पनि विवादको अर्काे कारण हो । बामदेवलाई राष्ट्रियसभा सदस्य बनाएपछि अब अर्थमन्त्री बनाउने चाहना प्रचण्डको रहेको छ । गौतम स्वयं पनि यसका लागि लालयित छन् । उनले ओलीसँग मुखै फोरेर आफूलाई अर्थमन्त्री बनाउन आग्रह गरिसकेको अवस्था छ ।
तर ओली भने गौतमलाई अर्थमन्त्री बनाउने पक्षमा छैनन् । अरु नै मन्त्रालय दिएर गौतमलाई मनाउने उनको प्रयास जारी छ । यसैबीच गौतमको राष्ट्रियसभा सदस्यको वैधानिकताकै विषयलाई लिएर सर्वाेच्च अदालतमा अहिले मुद्धा विचाराधिन अवस्थामा छ । मुद्धा लामै समय लम्बिने देखिएको छ । यसैबीचमा मन्त्रिमण्डल पुनर्गठन गर्न ओली हतारिएका थिए । तर प्रचण्डले हलो अड्काई दिएका छन् । गौतमको विषयमा सर्वाेच्चले अन्तिम निरुपण नगरेसम्म पुनर्गठन नगर्न ओलीलाई आग्रह गरेका छन् ।
प्रचण्डकै कारण पुनर्गठनको विषयले तीब्रता पाएको छैन – बालुवाटार निकट स्रोत भन्छ– गौतमप्रतिको वफादारी भन्दा पूर्व एमालेभित्र खेल्ने नियत प्रचण्डको देखियो । प्रधानमन्त्री ओली भने अहिले रिक्त तीनवटा मन्त्रालयमा पूर्ति गर्ने तयारी छन् । यो सन्दर्भमा उनले प्रचण्डसँग कुरा गरिसकेका छन् । दुवै अध्यक्ष सहमत भएपनि मन्त्रालय बाँडफाँडको विषयमा मतभेद देखिएको छ ।
हाल रिक्त अर्थ, सञ्चार र शहरी विकास मन्त्रालयमा पूर्ति गर्दा एउटा महत्वपूर्ण मन्त्रालय पूर्व माओवादी पक्षलाई दिन प्रचण्डले जोड गरेका छन् । या त अर्थ नभए सञ्चार मन्त्रालय पूर्व माओवादी पक्षलाई दिइनुपर्ने उनको माग थियो । तर ओलीले त्यसमा सहमति जनाएनन् । उनले शहरी विकास मन्त्रालय मात्र हाललाई दिन सकिने बताए । ओलीको अडानमा प्रचण्ड सहमत नहुँदा यो काम समेत प्रभावित भएको छ ।
प्रचण्डले हाललाई सञ्चार मन्त्रालय पूर्व माओवादी पक्षलाई दिन ओलीसँग आग्रह गरेका छन् । उक्त मन्त्रालयमा अहिले जनार्दन शर्मालाई पठाउने उनको तयारी छ । तर ओली भने अर्थमा पार्टी महासचिव विष्णु पौडेल र सञ्चारमा महेश बस्नेतलाई ल्याउन चाहन्छन् । शर्मालाई अहिले शहरी विकास दिएर पछि पुनर्गठनका बेला अरुमा मिलाउने आश्वासन ओलीले दिएका थिए । ओलीको प्रस्तावमा प्रचण्डले सहमति जनाएनन् ।
सहमति नजनाउनुको मूलकारण भनेको अर्थ मन्त्रालयमा गौतमलाई ल्याउनु नै हो – बालुवाटार निकट स्रोत भन्छ । प्रधानमन्त्रीलाई कमजोर बनाउन गौतमलाई जसरी भएपनि अर्थमन्त्री बनाउने दाउमा प्रचण्ड रहेको पनि स्रोतको भनाई छ । सो प्रस्तावमा शीर्ष नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालको समेत साथ र समर्थन देखिन्छ । त्यसैले गर्दा प्रचण्ड आफैं ओलीको नयाँ नयाँ तारिख खेप्न इच्छुक देखिएका हुन् – स्रोतको भनाई छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
आईपीएलमा आज पञ्जाव र मुम्बईको खेल हुँदै
बैशाख ६, २०८१ बिहिबार
पाकिस्तानमा एक्समाथि लगाइएको प्रतिबन्ध हटाउन अदालतको आदेश
बैशाख ६, २०८१ बिहिबार
फिल्म ‘लभ यु शंकर’ को कारण तनिषा चर्चामा
बैशाख ६, २०८१ बिहिबार
हत्याको आशंकामा युवतीको जलाइरहेको शव बरामद
बैशाख ६, २०८१ बिहिबार
इजरायल र इरानबीच कसको सेना बलियो छ ?
बैशाख ६, २०८१ बिहिबार
बाँकेको एक हर्बल उद्योगमा लागेको आगो निभाउन ११ वटा दमकल
बैशाख ६, २०८१ बिहिबार